शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Discussion about this post