काठमाडौैं, १० साउन – राष्ट्रिय स्वतन्त्र पार्टीका (रस्वा) सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरेका छन् । आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाए ।
उनले भने ,‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे ,‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’
उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप पनि उनले लगाए। उनले भने, ‘यदि भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै कर्यापझ्याप पार्न सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ? ’
उनले सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए। आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने चेतावनी दिए।






Discussion about this post