काठमाण्डौ,२८ असार– राष्ट्रिय स्वतन्त्र पार्टीकी सासंद डा तोसिमा कार्कीले आफुले बुधबार सीता दाहाललाई सम्झिनेक्रममा व्यक्त गरेका अभिव्यक्तिप्रति माफी मागेकी छन ।
कार्कीले व्यक्त गरेको अभिव्यक्तिको सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि उनले आफुले बोलेको भिडियो पोष्ट गर्दै माफी मागेकी हुन ।
उनले भनेकी छन्– हिजो बोलिएका शब्दहरु तोडमोड विना जस्ताको तस्तै यस्ता थिए। फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी रखिएको भिडियोले पनि कसैको मनोभावनमा ठेस पुगेको भए माफी माग्दै आदरणिय सीता दाहाल प्रति भावपूर्ण श्रद्दान्जली पुन अर्पण गर्न चाहन्छु ।’
तोसिमाले हिजो बुधबार सीता दाहाललाई पेरिसडाँडामा श्रद्धा अर्पण गरेपछि मिडियाकर्मीसँग बोलेको विषय विवादित बनेको थियो ।
उनले भनेकी थिइन्– ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ ।’







Discussion about this post