काठमाण्डौ,२८ असार– पत्नी शोकमा परेका नेकपा (माओवादी केन्द्र|)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक कार्यक्रम तीन दिन सम्मको लागी स्थगित भएको छ ।
हिजो बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने भएका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ । उनका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ । ‘
आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिनुभयो, फेरि साँझ हुनेछ’, आचार्यले भने ।






Discussion about this post