चामल कार्बोहाइड्रेटको प्रमुख स्रोत हो ।’ वर्षा भन्छिन्, ‘यसबाट इनर्जीमा परिणत हुन्छ । जब हामी टन्न खाएर आराम गर्छौ, इनर्जी खर्च गर्दैनौं । त्यतिबेला इनर्जी फ्याट भएर जम्मा हुन्छ र मोटोपन बढ्छ ।’ अर्को कुरा चिनीले मोटोपन बढ्छ भन्छौं भात पनी चिनी नै हो । भातको पाचन मुखबाटै सुरु हुन्छ । भातबाट ग्लुकोज बन्छ । ग्लाइसेमिक इन्डेक्स बढी हुने भएकाले धेरै खाँदा ब्लड सुगर बढ्न सक्ने उनको भनाइ छ ।
हार्वर्ड युनिभर्सिटीबाट गरिएको एक अध्ययनमा तीनदेखि चार छाक चामल खाँदा मधुमेह हुने तथ्य सार्वजनिक भएको छ । केही अध्ययनले चामलको सेवनले मोटोपन बढ्ने सम्भावना देखाएको छ तर सन्तुलित मात्रामा यसको सेवन गरे मोटोपन हुँदैन ।
चामल कस्तो खाद्य तत्व हो ?
चामल हाम्रो मुख्य आहार हो । हामीले मात्र होइन, सयभन्दा बढी देशका मानिसहरूले चामललाई मुख्य भोजनका रूपमा खाने गरेका छन् । चामलले तत्कालै ऊर्जा प्रदान गर्छ । यसमा फाइबर, प्रोटिन, भिटामिन बी १, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र म्याग्निजमजस्ता तत्व पाइन्छन् । सेतो चामलभन्दा खैरो चामल स्वास्थ्यका लागि बढी लाभदायक मानिन्छ । यसमा फाइबरको मात्रा बढी हुन्छ ।
चामल कति खाने ?
चामल हरेक व्यक्तिको उमेर, तौलअनुसार खानुपर्छ । कुनै रोग लागेको छ वा उसको काम कस्तो प्रकारको छ सोहीअनुसार चामलको आवश्यकता पर्छ । एक वयस्कको कुल क्यालोरीमा लगभग ४५ देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।





Discussion about this post