हाल शनि कुम्भ राशिमा अवस्थित छन्। शनि कुम्भ राशिमा भएकाले मकर, कुम्भ र मीन राशिका व्यक्तिहरुलाई शनि साढे सतीले असर गरिरहेको छ। वृश्चिक र कर्कटमा शनि ढैय्याको प्रभाव छ। शनिको साडेसाती र ढैय्याको प्रभाव रहेका व्यक्तिले आर्थिक, मानसिक तथा शारीरिक समस्याको सामना गर्नुपर्ने जनाइएको छ।शनिदेवलाई प्रसन्न गर्न मासु र मदिरा सेवन गर्नुहुँदैन। घरको अँध्यारो भागमा तोरीको तेलले भरिएको फलामको भाँडो र तामाको सिक्का राख्नुपर्छ। यस उपाय गर्नाले शनिदेवको अशुभ प्रभाव कम हुने जनविश्वास छ।
सूर्यास्तपछि सुनसान ठाउँ वा मन्दिरमा भएको पीपलमा दीप बाल्नुहोस्। यो उपायले धन सम्बन्धी समस्या हट्छ भन्ने विश्वास गरिन्छ।शनिदेवलाई तेल चढाउनु धेरै शुभ मानिन्छ। शनिदेवलाई नीलो फूल चढाउनुहोस्। शनिदेवको पूजा गर्दा शनिदेवको मूर्तिलाई प्रत्यक्ष नहेर्नुहोस्। शनिबार पीपलमा जल चढाउनुहोस् र सात परिक्रमा गर्नुहोस्।गरिबलाई खाना खुवाउनुहोस्। यसो गर्नाले भगवान शनि प्रसन्न हुने र शनि आशीर्वाद निल्ने विश्वास छ।
शनिबार बिहान सबेरै उठेर पीठोमा चिनी र कालो तिल मिसाएर कमिलालाई खुवाउनुहोस्। यस उपायले धन सम्बन्धी समस्या हट्नेछ।शनिबार कालो तिल, कालो कम्बल, मासको दाल र गरिबलाई दान गर्दा शनिदेवको अशुभ प्रभाव कम हुन्छ। फाल्गुन महिनाको पहिलो शनिबार घरमा रोटी बनाएर त्यसमा तोरीको तेल लगाएर कालो कुकुरलाई खुवाउनुपर्छ। यस उपाय गर्दा आर्थिक लाभ पनि हुने जनविश्वास छ।





Discussion about this post