नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य दुई लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो।
मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार २३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ।



Discussion about this post