पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । झापा, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायतका ठाउँमा पानी परेको हो । गएराति अरु ठाउँमा भने खासै पानी परेन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँहरुमा हावाहुरीसमेत चल्न सक्नेछ ।







Discussion about this post