HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बुटवलमा एमालेको प्रदर्शन-प्रधानमन्त्री केपी शर्मा ओली आउँदै

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गणतन्त्रको पक्षमा नेकपा एमालेले शुक्रबार बुटवलमा प्रदर्शन गर्दैछ ।

राजावादीहरु सक्रिय भएको भन्दै उनीहरुको विरुद्ध र गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्न थालेको हो । प्रदर्शनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।एमालेले चैत २४ देखि ३० गतेसम्म देशका विभिन्न ७ सहरमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । त्यसै अर्न्तगत बुटवलमा पनि देशको वर्तमान अवस्था जानकारी गराउने र गणतन्त्रका पक्षमा प्रदर्शन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले बताए । बुटवलमा हुने आजको सभा प्रदेशस्तरीय हुने उनले बताए । सभा रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुनेछ ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिकाविरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रदर्शनको पहिलो उद्देश्य रहेको बताइन् । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको हो,’ उनले भनिन्, ‘लुम्बिनी प्रदेशको बुटवलमा गर्दैछौं ।’ सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन् । तर, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन जरुरी भएको उनले दाबी गरिन् । पार्टीबाट काम गर्ने क्रममा केही कमजारी भएपनि त्यसलाई सच्चाएर अघि बढ्ने र व्यवस्थाको रक्षा गर्ने सबै लोकतान्त्रिक पार्टीहरुको दायित्त्व भएको उनले बताइन् । उनले एमालले जनचाहना अनुसार काम गर्न नसकेको सत्य भएको बताउँदै त्यो सुधारसहितका विषयमा प्रस्ट कुराहरू पार्टीले राखिरहँदा पनि केही समूहले अनर्गल प्रचार गरेको बताइन् ।

एमाले लुम्बिनी प्रचार विभाग सचिव डिआर घिमिरेले बुटवलमा हुन लागेको सभा एमालेको मात्र नभएर गणतन्त्र पक्षधर सबै दलको भएको बताए । ‘आयोजक एमाले भए पनि यसमा गणतन्त्र पक्षधर सबैको सहभागिताका लागि आहृवान गरेका छौं,’ उनले भने, ‘यसले गणतन्त्रको पक्षमा र राजावादीहरुको विपक्षमा जनआकांक्षा कस्तो छ स्पष्ट सन्देश दिनेछ ।’

सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्‍याली निकालिने, त्यसपछि पूर्वमा मुटुअस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा पुग्ने एमालले जनाएको छ ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च ,एकैदिन ३ हजार ९ रुपैयाँले बढ्यो ,कतिमा हुँदै छ कारोबार ?

Next Post

थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जना पक्राउ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जना पक्राउ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.