बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज थप नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यससँगै सुनको मूल्य लगातार तीन दिन बढेको छ ।
हिजो सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो ।




Discussion about this post