• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:02:42+05:45300220266 2026-06-04T13:02:42+05:45000000Thu, 04 Jun 2026 13:02:42 +0545Thu, 04 Jun 2026 13:02:42 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000042Asia/Kathmandu 620266-13Jun+0545 300206Asia/Kathmandu4230pm06p, 0000006ThursdayAsia/Kathmandu4242 262026000000 k620264 3001Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 13:02:42 +0545Asia/Kathmandu62026-06-04T13:02:42+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:02:42 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu4230pm06p' === $3026pAsia/Kathmandu || '1780557462' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:02:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:02:42 +05456 $10630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 1Asia/Kathmandu30_2026p300220266( '10630_2026ff42Asia/Kathmandu30' ) * 13+05451780557462R_04_thEC+05454Thuth ); } 02f ( '062642qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:02:42'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780557462+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:02:42 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:02:42 +05456 $04pm30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:02:42 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

खाने तेल र घिउको मूल्य, बढ्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय बजारमा खाने तेलको मूल्य बढेको छ । प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको पाइएको छ । यस्तै घिउको मूल्य पनि अत्यधिक बढेको पाइएको छ । दसैँ तिहारजस्ता ठुला चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य दुई महिनायता अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । घिउको मूल्य अहिले २०० रुपैयाँले बढेको छ  । अहिले घिउ प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ ।

दसैँ तिहार पछि घिउको मूल्य बढेको खुद्रा व्यापार संघका महासचिव आमूलकाजी तुलाधर बताउँछन् । ‘दसैँ र तिहारजस्तो चाडपर्वको बेलमा घिउ प्रतिकिलो १२०० रुपैयाँ प्रतिकिलो थियो ,’ तुलाधरले भने, ‘अहिले किसानकहाँ मूल्य बढेकाले हामीले पनि बढाएका हौँ ।’

यसैगरी तेलको मूल्य पनि होलसेलबाटै बढेर आएकाले बढाइएको उनले बताए । खाने तेलको मूल्य पुसको दोस्रो सातादेखि बढेको देखिन्छ ।बजारमा कति छ तेल र घिउको मूल्य ? 

खुद्रा तथा किराना पसलमा सूर्यमुखी र भटमासको तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँदेखि २७० रुपैयाँसम्म पर्न थालेको छ । जबकि, पुसको पहिलो साता (दुई महिनाअघि) उक्त तेलको प्रतिलिटर २१० रुपैयाँदेखि २२० रुपैयाँमा पाइन्थ्यो ।

सैगरी तोरीको तेलको मूल्य पनि अहिले अत्यधिक बढेको छ । बजारमा तोरीको तेलको मूल्य ३२५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

खुद्रा व्यापार संघका अनुसार संघमातहत पसलमा अहिले भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ, काँचो तोरीको तेल प्रतिलिटर ३२५ रुपैयाँ रहेको छ । यसैगरी भटमास र सूर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँ डाल्डा २४० र घिउ १४०० रुपैयाँ पुगेको छ ।

यस्तो छ एक महिनाको मूल्य वृद्धिको अवस्था

खुद्रा व्यापार संघको तथ्यांकअनुसार १५ दिनमै ५ देखि १० रुपैयाँले बढेको हो । गत माघ १ गते प्रतिलिटर ४०० रुपैयाँ पर्ने भुटेको तोरीको तेल प्रतिलिटर १० रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको छ । सोही अवधिमा सूर्यमुखी र भटमासको तेलमा ५/५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ ।

सरकारी व्यापार कम्पनीमा कति छ मूल्य ? 

सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङमा भटमासको तेल प्रतिलिटर २५० रुपैयाँ, सूर्यमुखी तेल प्रतिलिटर २८० देखि ४०० रुपैयाँ र तोरीको तेल २६० देखि ४२५ रुपैयाँ रहेको छ । यस्तै डीडीसी घिउको मूल्य प्रतिकेजी ११५० रुपैयाँ रहेको छ ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा (खाद्यसंस्थान) भटमासको तेल २३४, सूर्यमुखी तेल २३६, तोरीको तेल प्रतिलिटर ३६० रुपैयाँ रहेको छ ।

यस्तै साल्ट ट्रेडिङमा घिउको मूल्य ११५० रुपैयाँ रहेको छ  । यसैगरी डीडीसी घिउको मूल्य प्रतिकिलो १२०० रुपैयाँ रहेको छ । खाद्य व्यापार कम्पनीमा भने ११०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

मूल्य किन बढ्यो ?

यसअघि मंसिरमा व्यवसायीहरूले खाने तेलको मूल्य बढ्नुमा चाडपर्व र भारततर्फ निर्यात बढेका कारण बताएका थिए । तर फेरि पुसको पहिलो सातातिर मूल्य घटेको थियो ।

भारतमा निर्यात घटेकाले तेलको मूल्य घटेको व्यवसायीको तर्क थियो । फेरि पनि तेलको मूल्य बढ्नुमा भारततर्फ निकासी बढेको कारण हुन सक्ने नेपाल तेल उत्पादक संघका कार्यसमिति सदस्य विभोर अग्रवाल बताउँछन् । अहिले १० प्रतिशतले तेलको मूल्य बढेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले बताए । ‘खाने तेलको मूल्य बढ्नुको कुनै कारण नै छैन,’ उनले भने, ‘होलसेलबाटै १० प्रतिशतजति मूल्य बढेर आएको छ, होलसेलमै बढेर आएपछि सस्तो मूल्यमा बिक्री गर्न सकिँदैन ।’

सरकारलाई थाहै छैन 

यसरी बजारमा खाने तेल तथा घिउको मूल्य अचाक्ली बढ्दा पनि सरकार मौन देखिएको छ । उपभोक्ताको अधिकार संरक्षण गर्दै व्यवसायलाई स्वच्छ र पारदर्शी बनाउने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागलाई खाने तेलको मूल्य वृद्धिबारे जानकारी नै छैन ।

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिबारे आफूहरू जानकार नभएको रातोपाटीलाई बताए । साथै उनले व्यवसायीहरूसँग कारणबारे जानकारी लिने बताए । महानिर्देशक पौडेल भन्छन्, ‘यस विषयमा उपभोक्ताको गुनासो पनि आएको छैन । कहीँ कतै सञ्चारमाध्यममा पनि आएको छैन ।’

Previous Post

मंगलवार गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र

Next Post

रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ५१ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In