आज (मंगलबार) सुन–चाँदीको मूल्य सामान्य रुपमा घटेको छ। अघिल्लो दिन चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।



Discussion about this post