आज सुनको भाउ स्थिर
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।




Discussion about this post