आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २,९०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको
जसअनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



Discussion about this post