अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्।
नेपाल प्रहरीले आज दिउँसो १२:२० बजेसम्मको अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
पूर्ण रूपमा अवरुद्ध राजमार्गहरू:
- कोशी राजमार्ग: संखुवासभाको भोटखोला गाउँपालिका–५ (वरुण) र मकालु गाउँपालिका–३ (एकुवा) मा अवरुद्ध।
- नेपाल–चीन जोड्ने पुल: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा बाढीले पुल बगाउँदा नाका अवरुद्ध।
- अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ (कोदारी) मा पहिरोका कारण अवरुद्ध।
- पृथ्वी राजमार्ग: धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० (बादरेमोड) मा पहिरोले अवरुद्ध।
- नारायणगढ–मुग्लिन सडक: चितवनको इच्छाकामना गाउँपालिका–५ (तुइनखोला) मा पहिरोले पूर्ण रूपमा अवरुद्ध।
-








Discussion about this post