जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा हानेको छ ।
बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो।
नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको काभ्रेका डीएसपी मिन घलेले बताए ।




Discussion about this post