• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:15:00+05:45301520266 2026-06-13T13:15:00+05:45000000Sat, 13 Jun 2026 13:15:00 +0545Sat, 13 Jun 2026 13:15:00 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000000Asia/Kathmandu 620266-13Jun+0545 301506Asia/Kathmandu0030pm06p, 0000006SaturdayAsia/Kathmandu0000 262026000000 k620266 3001Asia/Kathmandu 1315ffAsia/KathmanduSat, 13 Jun 2026 13:15:00 +0545Asia/Kathmandu62026-06-13T13:15:00+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:15:00 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 15f ( '301506Asia/Kathmandu0030pm06p' === $3026pAsia/Kathmandu || '1781335800' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:15:00 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:15:00 +05456 $10630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 1Asia/Kathmandu30_2026p301520266( '10630_2026ff00Asia/Kathmandu30' ) * 13+05451781335800R_06_thEC+05456Satth ); } 15f ( '062600qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:15:00'; } $301506Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335800+0545C' ) : 6p_301506Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620266', $301506Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:15:00 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:15:00 +05456 $13pm30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:15:00 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

साउन १५ मा किन खाइन्छ खिर ?के छ यसको महत्व ?जानौ

अप्सरा आचार्य by अप्सरा आचार्य
११ महिना अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महत्त्वपूर्ण महिना भनिन्छ भने यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो ।

त्यस्तै, साउन महिनालाई भगवान् शिवको प्रिय महिना भनिन्छ भने भगवान् विष्णुको शयनमा रहने महिना हो । धार्मिक कारण मात्र नभएर यो महिनालाई विशेष महत्त्वका साथ विभिन्न सम्प्रदायहरुले पनि मान्ने गरेका छन् । वर्षात्को उच्च समय पर्ने यो महिनामा नेपाली संस्कृतिमा भने महिलाहरुले हरियो चुरा, कपडा र मेहदी लगाउने गर्दछन् । साथै साउन महिनादेखि नेपाली परम्परामा आधारित विभिन्न चाडपर्वहरु आगमन हुने र खुसी तथा रौनक छाउने विश्वास गरिन्छ । साउन महिनामा त्यति मात्र नभई केही धार्मिक समूहहरुले उपवास बस्ने, ध्यान जप गर्ने, बोलबम भन्दै तीर्थयात्रासमेत जाने गर्दछन् भने भगवान् शिवको प्रिय बार साउने सोमबारका दिन विभिन्न धार्मिक क्षेत्रहरुमा त मेला नै लाग्ने गर्छ । भारतको हरिद्वारमा भने साउन महिनाभर काँवण यात्रा हुनेगर्छ । जुन यात्रामा तीर्थालुहरु निकै ठूलो संख्यामा देशका विभिन्न स्थानहरुबाट जाने गर्छन् ।

साउन महिनाको यति मात्र नभई अर्को महत्त्वपूर्ण महत्त्व छ, त्यो हो– साउन १५ गते नेपाली सांस्कृतिक चलनअनुसार यो दिनलाई खिर खाने दिन भनेर पनि मनाउने गरिन्छ । हुन त, नेपाली परम्परामा साउने पूर्णिमा वा रक्षाबन्धनका दिनमा खिर खाने भनेर मनाउने गरिन्छ, तापनि यो दिवस मनाउन थालेको इतिहास भने त्यति पुरानो छैन । राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेलाई खिर खाने दिन वा खिर दिवसका रुपमा मनाउने निर्णय गरेपछि साउन १५ लाई खिर दिवस भनेर मनाउन थालिएको हो । यो दिनको विशेष महत्त्व खिर दिवस तथा आध्यात्मिक कारणले पनि रहेको छ र यो एक ऐतिहासिक दिन पनि हो । नेपाली परम्परामा यो दिनलाई अति महत्त्वको प्राथमिकतामा राखेर घरपरिवार, इष्टमित्र र चेलीबेटी जम्मा गरेर संयुक्तरुपमा खिर खाने चलन रहेको छ । नेपाली समाजमा असार १५ मा दहीचिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १ मा खिचडी र माघ १५ मा मालपुवाजस्ता खाद्य पदार्थ खाने चलन छ । यी चालचलनहरुले विशेष महिनामा विशेष खाना खाने र त्यसबाट शारीरिक तन्दुरूस्ती कायम गर्न मद्दत पु¥याउने गरेको पाइन्छ ।

मौसमअनुसार खाइने यस्ता खाना स्वादिष्ट हुने, पाचन प्रणालीमा कुनै खराबी नहुने र संस्कृतिको जगेर्ना हुने भएकाले भावी पुस्तालाई समेत यसको जानकारी र ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ । आजका बच्चाले खिर के हो, चामल के हो, कसरी बन्छ, किन यस्तो खाना खाने भन्ने कुरा बुझेको छैन । किनकि यस्ता खानाको ठाउँमा केक, बिस्कुट, पाउरोटी, पिज्जा, बर्गर, माछामासुले ओगटेका छन् भने दूध, दही, मही आदिको ठाउँ कोक, जुस र अनेक ड्रिङ्क्सले ओगटेका छन् । अहिले त प्राकृतिक खानाको स्वाद जिब्रोले थाहा पाउनै छाडेको अवस्था छ । यस्तो अवस्थामा शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक स्वास्थ्यमा असर परी व्यक्ति दीर्घरोगको चपेटामा परिरहेको र नेपालकै अनागरिक बनेको देख्न सकिन्छ । यसै सन्दर्भमा हालसम्म नेपालको संस्कृति जोगाउँदै आइरहेको हाम्रो पुस्ताले विशेष चाडपर्व र विशेष परिकारका बारेमा भावी पुस्तालाई बुझाउनका लागि समेत ध्यान दिनुपर्छ । त्यसकारण आज साउन १५ गतेको ऐतिहासिक महत्त्व, खिर खाने प्रचलन र यसका फाइदाहरुका बारेमा प्रस्ट पार्ने उद्देश्यले यो आलेख तयार गरिएको छ ।

खिर खाने चलन कहिलेदेखि आयो भन्ने सन्दर्भमा कुरा गर्दा खिरको प्रचलन चौधौँ शताब्दीमा चीनबाट सुरू भएको हो भन्ने इतिहास पाइन्छ । चीनपछि सार्क राष्ट्रहरु हुँदै पश्चिमी देशहरुमा समेत यसको प्रचलन सुरू भएको मानिन्छ । दक्षिण भारत, मालदिभ्स र थाइल्यान्डलगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाएर खाने गरिन्छ । पूर्वीय दर्शनमा साउन महिनालाई शिवको महिना मानिने र शिवलाई दूध तथा दुग्धजन्य पदार्थ मन पर्ने भएकाले खिरको प्रचलन आएको हो भन्ने किंवदन्ती पाइन्छ । त्यस्तै, प्राचीन कालदेखि नै पितृकार्यमा समेत दूध चढाउने, दूधबाट बनेको पायस खाने चलन चल्दै आएको र हालसम्म यो चलन देख्न सकिन्छ । शास्त्रमा श्रीकृष्ण भगवान्कै पालादेखि खिर खाने चलन चलिआएको र खिरलाई पवित्र प्रसादका रुपमा मन्दिरमा समेत चढाउने र खाने चलन चलेको हो भन्ने कुरा पाइन्छ । यसबाट खिरको निकै ऐतिहासिक परिचर्चा भएको देखिन्छ ।

खिरलाई नेपाली शब्दकोषमा दूधमा पकाइएको भात वा दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस र तस्मै भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै संस्कृत भाषामा खिर शब्द ‘क्षीरमा’ भन्ने शब्दबाट बनेको हो । यसको अर्थ दूध र अन्नबाट बनेको परिकार भन्ने बुझिन्छ । हुन पनि खिर बनाउँदा दूधमा चामल राखेर त्यसमा चिनी, घिउ, नरिवल, किसमिस, काजु, छोकडा तथा अन्य विशेष मसलाहरु राखेर तयार गरिन्छ । साउनमा प्रशस्त हरियो घाँसपात पाइने र पशुले पनि प्रशस्त दूध दिने हुँदा दूधको अभाव हुँदैन । यसरी दूध, घिउ प्रशस्त पाइने, खेत रोपेर सकिएको समय, पानी परिरहेको र स्वच्छ वातावरण भएको समयमा खिर खाने चलन आफैँमा राम्रो छ । बच्चा, वृद्ध र बिरामीसमेतले खिर सजिलै पचाउन सक्ने हुँदा समस्या आउँदैन र खिरले पोषक त¤व प्रदान गर्छ, जसले वर्षायाममा लाग्न सक्ने विभिन्न रोगहरुविरूद्ध प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । खिर चामल, साबुदाना, सेवई, मकै र गाजरजस्ता खाद्य पदार्थ दूधमा राखी तयार गर्न सकिन्छ, जुन पोषणका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । राम्रो दूधमा ६० प्रतिशतसम्म क्यालोरी पाइने, पोटासियम, क्याल्सियम, फस्फोरस, क्लोरिन, सोडियम, म्याग्नेसियमजस्ता खनिज पदार्थ, भिटामिन, चिल्लो पदार्थ र प्रोटिन पाइने हुँदा स्वास्थ्यका लागि यसरी दूधमा अन्न मिसाई खिर बनाएर खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुन्छ । यसका साथै यसमा राखिने विभिन्न मसलाहरुले खिर थप स्वादिलो र पौष्टिकसमेत बन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वर्षायाममा लाग्ने विभिन्न सङ्क्रामक रोग लाग्नबाट सुरक्षा प्रदान गरी शरीर हृष्टपुष्ट राख्न मद्दत पु¥याउँछ । यसका साथै साउनमा मासु, माछा, मदिरा नखाई व्रत बस्ने र आँप, नासपाती, कटहरजस्ता फलफूल र खिरजस्ता सा¤िवक भोजन खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुने गर्दछ, जुन शरीरका लागि थप सकारात्मक हुन्छ ।

कतिपय अवस्थामा खिर खान नहुने समस्या पनि हुन्छ । मधुमेह हुँदा गुलियो खिर र बढी कार्बोहाइड्रेट खान हुँदैन, ग्यास्ट्राइटिस हुनेहरुले धेरै खान हुँदैन, पाचन प्रणाली कमजोर भएका बखत, बच्चाले दिसा–पखाला गरिरहेको भए खिर खुवाउन हुँदैन । कतिपयलाई दूधको ल्याक्टोजले असर गरी पेटमा समस्या ल्याउने र अपच हुने समस्या छ भने त्यस्ता व्यक्तिले दूधमा पकाएको खिर सेवन गर्न हुँदैन, तर नरिवल वा अन्य दूधमा पकाएको खान मिल्छ । यी अवस्थाबाहेक अन्यथा अन्य सबैलाई खिर खान हुन्छ । खिर खाँदा बढी चिनी, बढी घिउ, तरकारी र अचारसँग खान हुँदैन । किनकि चिनी सबैभन्दा हानिकारक तत्त्व हो, जुन मोटा मानिस र मधुमेह भएकाले खान हुँदैन । घिउ मुटुरोगी, मोटा मानिस र पेटका रोगीहरुले खान हुँदैन । त्यस्तै, दूधसँग नुन मिसाएर कदापि खान हुँदैन किनकि नुन र दूध, अनि दूध र अमिलो पदार्थ सेवन गर्दा विरूद्ध आहार हुन्छ । यसले पेटमा गडबडी ल्याउने, अपच हुने, पेट दुख्ने र उल्टी आउने गराउन सक्छ । यदि यति कुरा विचार गरेर खिर खाइयो भने त्यसले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र शरीरमा आवश्यक पौष्टिक तत्त्वसमेत प्राप्त हुन्छ ।

अन्तमा, साउन १५ लाई खिर खाने दिवसको रुपमा एकदिन मात्र मनाएर खिर खानुभन्दा खिरलाई कहिलेकाहीँ जुनसुकै मौसममा खाने तालिका बनाउन सकिन्छ । बच्चा, वृद्ध र रोगी व्यक्तिलाई आवश्यकताअनुसार खानाको रुपमा खिर सेवन गराएमा बिरामी छिटो निको हुन सहयोग हुन्छ । बच्चा र वृद्धलाई खिर पचाउन सजिलो हुनुका साथै आवश्यक सबै किसिमका पौष्टिक तत्त्व प्राप्त हुने हुँदा रोगविरूद्धको प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले खिरलाई नियमित खानाको रुपमा सेवन गर्नु उचित हुनेछ ।

Previous Post

घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

Next Post

टिकटकबाट उदाएका टिकटक स्टार आयुष सिंह ठकुरी फ्लिममा खेल्दै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
६ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

टिकटकबाट उदाएका टिकटक स्टार आयुष सिंह ठकुरी फ्लिममा खेल्दै

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In