नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




Discussion about this post