HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महाकुम्भ मेलामा 40 करोडभन्दा बढी श्रद्धालु सहभागी

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सव महाकुम्भमा ४२ करोडभन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको बताएको छ।

आयोजक अधिकारीहरूले एआई र निगरानी क्यामेरा प्रयोग गरेर सहभागी तीर्थालुहरूको गणना गरेको बताएका छन्।

संयुक्त राज्य अमेरिका र क्यानाडाको जनसंख्याभन्दा बढी यो संख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन। यो एक अर्ब ४० करोड जनसंख्या भएको विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्याङ्क हो।

‘त्रिवेणी संगममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाए,’ गंगा, यमुना र पौराणिक सरस्वती नदीहरूको संगमलाई उल्लेख गर्दै भारत सरकारको प्रेस सूचना ब्युरोले भन्यो।

उत्तरी सहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेलाको अझै दुई हप्ताभन्दा बढी समय बाँकी छ। कुम्भ मेला फेब्रुअरी २६ मा समाप्त हुँदैछ।

भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन्। आलोचकहरूले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवद्र्धन गरिएको बताउँछन्। प्रधानमन्त्री मोदीले आफैँ बुधबार पवित्र स्नान गरेका थिए।

मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) नेता योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री छन् र उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ।

आयोजकहरूले क्यामेराहरूको नेटवर्क र माथिबाट उड्ने ड्रोनहरू प्रयोग गरिरहेको बताएका छन्। एआई प्रणालीहरूले भक्तजनहरूको संख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन्।

तर त्यसले जनवरी २९ मा भएको भागदौडलाई रोक्न सकेन। कुम्भ मेलामा मच्चिएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको र ९० जना घाइते भएको बताइएको छ।

यो घटनाले मुख्यमन्त्री आदित्यनाथ र उनको सरकारको कार्यक्रम उत्कृष्ट व्यवस्थापनको दाबीमाथि धक्का लगायो।

घटनास्थलको ग्राफिक टेलिभिजन फुटेजका बावजुद अधिकारीहरूले घण्टौँसम्म कोही पनि गम्भीर रूपमा घाइते नभएको जिकिर गरेका थिए।

यो उत्सव अमृतको कलश नियन्त्रणका लागि देवता र दानवहरूबीचको युद्धसम्बन्धी हिन्दू पौराणिक कथामा आधारित छ।

तीर्थयात्रीहरू पवित्र स्नानले उनीहरूलाई मोक्ष प्राप्त गर्न मद्दत गर्ने विश्वास गर्छन्।

Previous Post

हामीले दैनिकी नुन कति खाने ?

Next Post

बिहेको भोजमा झगडा हुँदा एकजनाको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

बिहेको भोजमा झगडा हुँदा एकजनाको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.