HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हामीले दैनिकी नुन कति खाने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आधुनिक जीवनशैलीले हामीलाई सुविधा त दिएको छ, सँगसँगै अस्वस्थकर खानपानको संस्कार पनि विकास गरेको छ । खाना रेस्टुरेन्ट फुड तथा प्रशोधित खाद्य पदार्थको प्रयोग बढेसँगै नुनको मात्रा नियन्त्रणभन्दा बाहिर जान थालेको छ । विशेषतः चाउमिन, मःम, फ्राइड चिप्स तथा अन्य प्रशोधित खाद्य पदार्थ अत्यधिक नुनयुक्त हुने गर्छन् । यस्तो खानाबारे सुरुमै सचेत भइएन भने निकट भविष्यमा उच्च रक्तचाप, मुटुरोग र मिर्गौलासम्बन्धी रोगको दर उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, वयस्क व्यक्तिले दैनिक पाँच ग्राम (१ चिया चम्चा) भन्दा बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश व्यक्तिहरू दिनभरि प्रशोधित खाना, फास्ट फुड तथा बाहिरका खानाहरू सेवन गर्दा यसभन्दा बढी नै सेवन गरिरहेका हुन्छन् ।

नुनको मुख्य तत्त्व सोडियम हो, जसले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्छ तर अत्यधिक सोडियम सेवन गर्दा शरीरको पानी धारण गर्ने क्षमता बढ्छ, जसले रक्तचाप वृद्धि गराउँछ । उच्च रक्तचापको अवस्था लामो समयसम्म रहिरहेमा मुटु, मिर्गौला, मस्तिष्क, र हड्डीसम्बन्धी गम्भीर रोग निम्तिन सक्छन् ।प्रमुख स्वास्थ्य समस्या

१) उच्च रक्तचाप

नुनले शरीरमा पानी रोक्ने हुँदा रक्तचाप बढ्छ । लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको धड्कन अस्वाभाविक रूपमा बढ्छ र स्ट्रोकको सम्भावना दोब्बर हुन सक्छ ।

२) मुटुरोग 

रक्तचाप वृद्धि भएसँगै मुटुको कार्य क्षमता कमजोर हुन जान्छ, जसले मुटुको धमनीहरू खुम्चिन सक्छन् । अत्यधिक नुन सेवन गर्ने व्यक्तिमा हर्ट अट्याकको जोखिम उच्च हुन्छ ।

३) मिर्गौला रोग

मिर्गौलाले शरीरमा अनावश्यक सोडियम फिल्टर गर्ने कार्य गर्छ । अत्यधिक नुन खाँदा मिर्गौलामा बढी दबाब पर्छ, जसले मिर्गौलासम्बन्धी रोग निम्त्याउन सक्छ ।

४) हड्डी कमजोर हुने 

अत्यधिक नुन सेवन गर्दा शरीरबाट क्याल्सियम बाहिर निस्कन्छ, जसले हड्डी कमजोर बनाउँछ । यसले वृद्धावस्थामा हाड भाँचिने सम्भावना बढाउँछ ।

५) पेटको क्यान्सर

अनुसन्धानहरूले देखाएका छन् कि धेरै नुन खाँदा पेटको आवरणलाई क्षति पुर्‍याउँछ, जसले पेटको क्यान्सरको जोखिम बढाउँछ ।

  • नुन नियन्त्रणको प्रयास

नुन सेवन नियन्त्रण गर्न धेरै देशहरूले सरकार स्तरबाट विभिन्न नीति तथा कार्यक्रम लागू गरेका छन् ।

बेलायतमा प्रशोधित खाद्य पदार्थमा नुनको मात्रा घटाउन नीति बनाइएको छ । जापानमा नागरिकलाई नुन कम गर्ने बानी बसाल्न सचेतनामूलक अभियान चलाइन्छ ।

फ्रान्समा प्याकेज्ड खाना उत्पादक कम्पनीहरूलाई नुनको मात्रा घटाउन कानुनी नियम लागु गरिएको छ ।

अस्ट्रेलियामा रेस्टुरेन्ट तथा फास्ट फुड चेनहरूलाई नुनको मात्रा न्यूनतम राख्न निर्देशन दिइएको छ ।

हामी आफैँले सचेत भएर नुनको मात्रा नियन्त्रण गर्न सक्छौँ । यहाँ केही प्रभावकारी उपायहरू छन् ः

– घरमा पकाइने खानामा नुनको प्रयोग न्यूनतम गर्ने ।

– बजारमा पाइने प्रशोधित तथा प्याकेज्ड खाना जतिसक्दो कम खाने ।

– रेस्टुरेन्टमा खाना अर्डर गर्दा नुन कम गर्न अनुरोध गर्ने ।

– फास्ट फुडको सट्टा ताजा तथा प्राकृतिक खानालाई प्राथमिकता दिने ।

– नुनको सट्टा जडीबुटी, मसला वा अन्य स्वाद बढाउने प्राकृतिक तत्त्व प्रयोग गर्ने ।

– खाद्यवस्तुको लेभल पढ्ने र सोडियमको मात्रा जाँच गर्ने ।

  • निष्कर्ष

बदलिँदो खानपान संस्कारले नुनको अधिकतम प्रयोगलाई बढावा दिइरहेको छ, तसर्थ सरकारले नीतिगत कदम चाल्नुका साथै हामी सबैले व्यक्तिगत रूपमा सचेत भएर नुनको सन्तुलित प्रयोग गर्नुपर्छ । स्वस्थ जीवनका लागि नुनको प्रयोग सन्तुलित बनाऔँ ।

Previous Post

नुन कति खाने ?

Next Post

महाकुम्भ मेलामा 40 करोडभन्दा बढी श्रद्धालु सहभागी

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

महाकुम्भ मेलामा 40 करोडभन्दा बढी श्रद्धालु सहभागी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.