HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सभापति रवि लामिछाने कानुनी लडाइँमा रहे पनि रास्वपा फैलँदो अवस्थामा छ- सभापति अर्याल

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रास्वपा फैलँदो अवस्थामा रहेको बताएका छन्।

रास्वपा आफैमा संस्था बनिसकेको र सभापति रवि लामिछाने कानुनी लडाइँमा रहे पनि पार्टी चलिरहेको उनले बताए।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा कार्यवाहक सभापति अर्यालले भने, ‘रास्वपा फैलँदो अवस्थामा छ। यो पार्टी आफैंमा संस्था बनिसकेको छ। त्यसकारण सभापति आफ्नो कानूनी लडाइँ लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ।’

सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर लागेको छ।

पोखराको सुर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी लगायतको बचत गैरकानुनी रूपमा गोर्खा मिडियामा पुगेको विषयमा उनीविरूद्ध मुद्दा छ।

जिल्ला अदालत कास्कीबाट ६५ लाख र जिल्ला अदालत काठमाडौंबाट ६० लाख धरौटीमा लामिछाने रिहा भएर अहिले बुटवलको सुप्रिम सहकारीको मुद्दामा बयानका क्रममा छन्।

कार्यवाहक सभापति अर्यालले पार्टी सभापति माथिको मुद्दा अदालतमा प्रवेश गरिसकेको हुनाले त्यतातिर धेरै बहस गर्न आवश्यक नभएको पनि बताए।

‘तर एउटा छुटाउनै नहुने कुरा सरकारले प्रतिशोध साँधेको स्पष्ट र स्थापित भइसकेको छ। यसमा मैले धेरै टिप्पणी गरिरहनु भएन। जहाँसम्म रास्वपाको कुरा छ, पार्टी स्थापना हुँदा हाम्रो पार्टी सभापतिको फेस नै हाम्रो लागि महत्त्वपूर्ण कुरा थियो। यसमा दुई मत नै रहेन,’ उनले भने।

उनले आफूहरू निरन्तर जनताको काममा रहेको बताए।

‘सदन नहुँदा संसदीय समितिहरूमा हाम्रो उपस्थिति बलियो छ। अब दुई ठूला दल मिलेर सरकार बनेको छ। समितिमा उहाँहरूकै बहुमत छ तर समितिमा कोरम पुग्न सक्दैन, अनि त्यहाँ रास्वपा हरायो भन्ने हो त?,’ उनले प्रश्न गरे।

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका विषय आफूहरूले उठाएको पनि बताए।

साथै उनले रास्वपा कमजोर नरहेको पनि बताए।

‘अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ, कमजोर छैन। सभापतिले कानूनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं। त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसह गर्नु नै हो,’ उनले भने।

उनले रास्वपा अझै बलियो भएर अघि बढेको दाबी गरे।

‘संसदको आउँदो अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सक्छौं भन्ने लागेको छ। रास्वपामाथिको चिन्ता र अविश्वासको अन्त्य गर्न पनि आउँदो अधिवेशन हाम्रो लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने।

Previous Post

काठमाडौंको असन चोकको एक गोदाममा आगलागी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज माघ ११ गते शुक्रवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज माघ ११ गते शुक्रवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.