HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा सुस्ताएको घरजग्गा किनबेच कारोबार फेरी बढ्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मंसिरमा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।

विभागको तथ्यांकअनुसार मंसिरमा काठमाडौंमा एक हजार नौ सय नौ संख्यामा किनबेच भएको छ। यो संख्या गत कात्तिकको तुलनामा २८.३७ प्रतिशतले बढी हो।

कात्तिकमा काठमाडौंमा एक हजार चार सय ८७ संख्यामा घरजग्गा किनबेच भएको थियो।

गत वर्ष मंसिरमा भएको कारोबारको तुलनामा पनि यो वर्ष मंसिरमा भएको कारोबार १७.११ प्रतिशतले बढी हो। गत वर्ष मंसिरमा काठमाडौंमा एक हजार ६ सय ३० संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांक अनुसार घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ। मंसिरमा काठमाडौंमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। गत सोही अवधिमा भएको कारोबारबाट ६५ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको रूचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष विष्णु प्रसाद घिमिरेले बताए।

‘बीचमा मानिसहरू सेयर बजारतिर लागेका थिए। त्यो खासै माथि उठ्न सकेन,’ उनले भने, ‘घरजग्गाको लगानी सुरक्षित देखेर घरजग्गा कारोबारप्रति आकर्षित भएको हुनसक्छ।’

व्यवसायीको यो विश्वासलाई निरन्तरता दिन सरकारले पनि नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

सरकारी तथ्यांकले कारोबार बढेको देखाए पनि व्यवहारिक रूपमा भने घरजग्गा कारोबार नबढेको जग्गा तथा आवास विकास संघ, काठमाडौंका अध्यक्ष विदुर धमला बताउँछन्।

‘यो हिसाब मिलान मात्र गरेका हुन्। यसलाई कारोबार बढेको भन्न मिल्दैन। कारोबार भएको मात्रै हो,’ उनले भने।

राष्ट्र बैंकले नीतिगत रूपमा सहजीकरण नगरेसम्म घरजग्गा कारोबार नबढ्ने उनको भनाइ छ।

उनका अनुसार राष्ट्र बैंकले कर्जा आम्दानी अनुपात र लोन टु भ्यालु रेसियोको अनुपात बढाए मात्रै आगामी दिनमा घरजग्गा कारोबार फस्टाउने छ।

Previous Post

जाडो समयमा कागती पानी पिउनु शरीरलाई फाइदा कि बेफाइदा ?

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज पुष २० गते शनिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज पुष २० गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.