HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मोबाइल तातेर दिक्क हुनहुन्छ ?यसरी गर्नुहोस् समाधान

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आजको समयमा  स्मार्टफोनको प्रयोग यतिसम्म भइसक्यो किन मानौँ मान्छेका हरेक काममा नै यही दाहिने हात हो । यो धेरैजसो मानिसको आवश्यकता नै बनेको छ । फोन कल गर्नदेखि लिएर अनलाइन किनमेल र भुक्तानीहरू सबै कामका लागि स्मार्टफोनहरू प्रयोग हुने गर्छन् ।  यो बालक देखि वृद्ध सम्मका लागि निकै महत्त्वपूर्ण साधन बनिसकेको छ ।

आजकलका आमाहरूले भन्ने गरेको त पक्कै पनि सुन्नु भएको होला कि मेरो बच्चाले त मोबाइल बिना खाना नै खान मान्दैन । मोबाइल देखायो भने मजाले खाना खान्छ भनेको ।  यसरी हरेकको जीवनमा महत्त्वपूर्ण बनेको मोबाइलमा विभिन्न समस्याहरू आउने गर्छन् । त्यसमा पनि पहिलो कारण हो । तात्ने समस्या ।धेरै बेरसम्म मोबाइल चलाउँदा भिडियोहरू हेर्दा वा इन्टरनेट चलाउँदा मोबाइल तात्ने गर्छ भने कहिलेकाहीँ यत्तिकै पनि मोबाइल तातिरहेको हुन्छ । फोन तातो भएका कारण तपाईँले केही बेर मोबाइल अफ पनि गर्नु भएको होला । केहीले त मोबाइलमा थप केही समस्या आयो कि भनेर मोबाइल बनाउने स्थानमा समेत लाने गर्नु भएको होला ।स्मार्टफोनमा कुनै भाइरस छ भनेर पनि मोबाइल सामान्यभन्दा बढी नै तात्न थाल्दछ। यस्ता भाइरसले तपाईँको डाटा सर्भिसलाई गोप्य तरिकाले निरन्तर प्रयोग गरिरहेको हुन्छ।

जीपीएसको धेरै बेर सम्म प्रयोग गरिरहँदा वा ब्लुटूथ स्पिकरबाट म्युजिक बजाइरहँदा पनि तात्ने समस्या आउन सक्छ । कहिलेकाहीँ, अति धेरै डाटा प्रोसेसिङ्गकोकारण पनि स्मार्टफोन तातो हुन जान्छ ।

यदि स्मार्टफोनलाई अलि धेरै बेरसम्म चार्जमा छोड्यो भने कहिलेकाहीँ तात्ने समस्या आउन सक्छ, यस्तो समस्या नआउनुपर्ने हो तर पुरानो मोडेलका स्मार्टफोनहरू जुनलाई लामो समयसम्म प्रयोगमा ल्याइयो, त्यसमा तात्ने समस्या आउन सक्दछ ।

कतिपयले क्यामेराबाट फोटो लिँदा समेत मोबाइल तातेको इन्टरनेटमा गुनासो गर्ने गर्छन्। धेरै बेरसम्म बढी र्‍याम ओगट्ने गेम वा एप चलाउँदा पनि स्मार्टफोन नमज्जाले तात्ने हुन्छ ।

चार्ज गर्दै गेम खेल्ने, फेसबुक चलाउने अथवा फोन गर्ने गर्नुहुन्छ भने पनि स्मार्टफोन बढी तात्ने समस्या आउने गरेको छ ।

यसरी गर्नुहोस् समाधान

आफूलाई नचाहिएको बेलामा वाईफाई, ब्लुटूथ, जीपीएस जस्ता ब्याट्री र मेमोरी ओगट्ने सर्भिसलाई बन्द गर्दै ठिक हुन्छ। कहिलेकाहीँ ब्याकग्राउण्डमा धेरै एपहरू खुलेको छ भने पनि एण्ड्रोइड मोबाइल तात्ने हुन्छ, त्यसैले त्यस्ता ब्याकग्राउण्डमा चलेका एपहरूलाई बन्द गरिदिनुहोस्।

फोनको सुरक्षाका लागि फोनमा बाहिरी खोल राखिन्छ । तर कहिलेकाँही यही करभले समस्या ल्याइदिन सक्छ । । त्यसैले फोन धेरै तातेको बेला त्यसको बाहिरी खोल निकालेर केही बेर राख्नु पर्छ ।

पुरानो मोडेलको स्मार्टफोनको ब्याट्री फुलेको छ वा छैन भनी एक चोटि जाँच गर्नुहोस् । फुलेको छ भने त्यसको प्रयोग गर्नुहुँदैन, पड्किन सक्छ। अर्को ब्याट्री राख्नुहोस्।

फोनलाई प्रत्यक्ष घामबाट टाढा राख्नुपर्छ । कडा सूर्यको प्रकाशको कारणले गर्दा स्मार्टफोन छिटै तातो हुन्छ।  यदि तपाईँको मोबाइलमा भाइरस लाग्यो कि भनेर शङ्का गर्नुभयो भने, एक चोटि खोलिएका सबै एपहरूलाई बन्द गर्नुहोस् र एप सेटिङ्ग्समा गएर इन्टलेसन फर अननोन सोर्स लाई बन्द गरिदिनुहोस् ।

तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइल ब्याट्रीलाई अत्यधिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

तपाईँले मोबाइलमा इन्टरनेट प्रयोग गर्दा एक वा दुई भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ । जसले गर्दा तपाईँको मोबाइलमा सारा एप्पहरु एकसाथ काम गर्छन् । या त कुनै पनि ब्राउजरबाट तपाई धेरै पेज खोलेर चलाउनुहुन्छ भने मोबाइललाई बढी लोड पर्न जान्छ । त्यसैले तपाई अनावश्यक र काम सकिएसँगै पेजहरू बन्द गर्नुहोस् ।

Previous Post

पर्समा राखिएका यी चिजले बनाउन सक्छ गरिब

Next Post

सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.