HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

१०० दिनमा सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न र सफल पारेको _ ओलीको दाबी

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै सरकार बनेसँगै तोकिएकामध्ये ७० प्रतिशत काम सम्पन गरेको   दाबी  गरे ।

उनले भने, ‘यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गथ्र्यो ।’ प्रधानमन्त्री ओलीका अनुसार पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २ सय ७४ वटा पुग्यो । तीमध्ये १ सय ८५ वटा काम सम्पन्न भएका छन् ।

ओली नेतृत्वको सरकार बने लगतै प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गरिएको थियो । सबै मन्त्रालयले पहिलो, एक सय दिन, दोस्रो सय दिन र बाँकी अन्य दिनभित्र गर्ने कामको सूची बनाएका छ  ।

‘गएको असार ३१ गतेको दिन, जब मैले पदको शपथ लिँदै थिएँ, मैले कुनै ईश्वरको नाममा होइन, तपाईंहरूको नाममा शपथ लिएको थिएँ,’ उनले भने, ‘किनभने यो सरकार तपाईंहरूको आशा, तपाईंहरूको सपना, र तपाईँहरूको विश्वासले बनेको हो ।’

साउन ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा उनले सरकारका पाँचवटा प्राथमिकता प्रस्तुत गरेका गरे ।  प्रधानमन्त्री ओलीका अनुसार ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो । ‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौं र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाइ कामको प्राथमिकता तोक्यौं’, उनले भने  ।

सरकार बने लगत्तै विपद्को सामना
ओली सरकार बने लगत्तै विपद्को सामना गर्नुपर्‍यो । जहाज, हेलिक्प्टर, बस दुर्घटना मात्रै होइन बाढी पहिरोले ठूलो जनधनको क्षति भयो । ओलीले शपथ लिनु केही दिनअघि  त्रिशूली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता भयो । प्रधानमन्त्री भएलगत्तै  सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो । गएको असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक पर्‍यो । यसै अबधिमा देशभर ७ हजार १ सय ३५ वटा विभिन्‍न प्रकारका विपद्जन्य दुर्घटनाहरू भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्‍यो ।

प्रधानमन्त्री ओलीले विपत्तिबाट प्रभावित नागरिकका परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्‍चालनलाई प्राथमिकतामा राखेर अघि बढेको बताए  । ‘पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापनमा सरकारलाई केन्द्रित गर्‍यौं’, उनले भने । प्रधानमन्त्री ओलीका अनुसार बाढी पहिरोका कारण मृत्यु भएका ३ सय ९१ जनाको परिवारले २ लाखका दरले राहत पाएका छन् । बाढी पहिरोबाट प्रभावित २ हजार ५ सय ५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरिएको छ । संकटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा  राखेको उनको भनाइ छ । ‘हामी अहिले बाढी पहिरोले क्षति पुर्‍याएका भौतिक संरचनाहरूको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौं’, उनले भने ।  संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्‍चार लगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्‍चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेको उनले बताए ।  बाढीपहिरोको  चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको दाबी पनि प्रधानमन्त्रीको छ ।

उनले लामो समयदेखि रोकिएको दूध र  उखु किसानको रकम भुक्तानी सुरु भएको बताए । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘३५ जिल्लाका ३० लाखभन्दा बढी किसान दूधको भुक्तानी नपाएर कठिनाइमा थिए । बितेको एक सय दिनमा, लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन्’, प्रधानमन्त्रीले सम्बोधनको क्रममा जानकारी दिए ।

करिब ७५ हजार उखु किसानले भुक्तानी पाएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले भने, ‘जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरूले पनि आफ्नो अनुदान वापतको भुक्तानी पाइसकेका छन् ।’ कृषिबाली तथा पशुधन बिमामा समावेश भएका हजारौं कृषकले पनि अब राहतको श्वास फेरेको प्रधानमन्त्रीको दाबी छ । ‘बितेको एक सय दिनमा, तिनीहरूको बिमा बापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बिमा प्राधिकरणको खातामा पठाइएको छ’, उनले भने, ‘हिउँदे बालिका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको छ ।’

उनले निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयहरूबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी पाइसकेका पनि बताए । १६५

भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो’, उनले सम्बोधनमा भने, ‘तर, म प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु– राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता गर्दैन ।’

Previous Post

घट्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?

Next Post

युरिक एसिडको घरेलु उपचार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

युरिक एसिडको घरेलु उपचार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.