HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजार नेप्से परिसूचक उच्च अंकले घट्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

लगातार ६ दिन २१९ अंक गुमाएको नेप्सेले बिहीबार भने ७८ अंक जोडेको थियो।

तर, उक्त वृद्धि टिक्न सकेन। दोस्रो दिन अर्थात् आइतबार नै नेप्से फराकिलो अंकले घट्यो।

आज नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा झरेको छ।

यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको छ।

बिहीबार आठ अर्ब १६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ३३ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब १७ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३२४ वटा धितोपत्रको दुई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१९ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने इष्टर्न हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३५ रूपैयाँ ६० पैसामा झरेको छ।

ग्रिन लाइफ हाइड्रोपावरको मूल्य ९.४० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य २६९ रूपैयाँ कायम भएको छ।

आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ३५ रूपैयाँमा ६४ करोड ३८ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ९.१५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९८० रूपैयाँमा ३५ करोड २८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले घटेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ३.५३ प्रतिशतले घटेको छ।

Previous Post

अभिनेत्री नन्दिता केसी बच्चाको आमा बन्दै

Next Post

तिलोत्तमा नगरपालिकाको शंकरनगरमा क्लासिक फिटजोन जिम सञ्चालन

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

तिलोत्तमा नगरपालिकाको शंकरनगरमा क्लासिक फिटजोन जिम सञ्चालन

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.