चेतना अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन्। सिस्नोलाई गरिबको खानेकुरा भनेर हेलाँ गरिन्छ वा केही नहुँदा गर्जो टार्न मात्र सिस्नो खाने चलन छ।
यो दुःखका वेलामात्र खाने वस्तु होइन। सिस्नोमा फलाम आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्त्व प्रचूर मात्रामा पाइन्छ।
कसरी खाने ?
सिस्नोलाई राम्ररी पखालेर उसिन्ने। पछि अन्य तरकारीजस्तै तेल, नुन, खुर्सानी, लसुन, टिमुर आदि पकाउने।
सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने। उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।
आजभोलि सिस्नोको चिया खाने चलन पनि छ। ग्रीन टी जस्तै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।
फाइदाहरू
सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ।
पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्छ। साथै अपचको समस्या समाधान गर्छ।
हाडजोर्नी दुख्ने वा बाथको समस्या भएकाले सिस्नोको रस खाए फाइदा हुन्छ।
सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ।
यसले डीएनए क्षय हुनबाट बचाउँछ र नयाँ कोष निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
कपास झर्ने समस्या र डण्डीफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ।







Discussion about this post