HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यौन स्वास्थ्य कसले कुन परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु उचित हुन्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । तर परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् ।

गर्भनिरोधक उपाय अपनाउन नसक्दा गर्भ रहन सक्छ । यसरी सन्तानको रहर नभई वा कुनै योजना नै नभइ पनि कतिपयले बच्चा जन्माउनुपर्ने अवस्था आइलाग्छ । हुन त अनिच्छित गर्भ रोक्नका लागि चिकित्सा विज्ञानसँग अनेकन उपाय छन् । त्यसैगरी आकस्मिक गर्भनिरोधक चक्कीहरु समेत पाइन्छन् ।

परिवार नियोजनका साधनका लागि परामर्श तथा सेवा दुवै सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । अहिले धेरै प्रसुति तथा स्त्रीरोग बिशेषज्ञहरुले आफ्नो निजी क्लिनिकमा पनि परिवार नियोजनका परामर्श तथा सेवा दिन शुरु गरिसकेकोले डर र त्रास बिना आफ्नो चिकित्सकसंग सल्लाह गर्न सकिन्छ ।

Maternity
परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । तर परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् ।

गर्भनिरोधक उपाय अपनाउन नसक्दा गर्भ रहन सक्छ । यसरी सन्तानको रहर नभई वा कुनै योजना नै नभइ पनि कतिपयले बच्चा जन्माउनुपर्ने अवस्था आइलाग्छ । हुन त अनिच्छित गर्भ रोक्नका लागि चिकित्सा विज्ञानसँग अनेकन उपाय छन् । त्यसैगरी आकस्मिक गर्भनिरोधक चक्कीहरु समेत पाइन्छन् ।

परिवार नियोजनका साधनका लागि परामर्श तथा सेवा दुवै सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । अहिले धेरै प्रसुति तथा स्त्रीरोग बिशेषज्ञहरुले आफ्नो निजी क्लिनिकमा पनि परिवार नियोजनका परामर्श तथा सेवा दिन शुरु गरिसकेकोले डर र त्रास बिना आफ्नो चिकित्सकसंग सल्लाह गर्न सकिन्छ ।

angelfertilityclinic
परिवार नियोजनका अस्थायी साधनहरूस् कन्डम वा ढाल ( पुरुष, महिला ), गुलाफ, पिल्स वा खाने चक्की, सँगिनी, तीन महिने सुई, कपर-टी, इम्प्लान्ट, डायफ्राम, फिँजचक्की, गोसीपोल्स, इकोन, आदि ।

परिवार नियोजनको अस्थायी साधनहरु र यसका फाइदा र बेफाइदा

कण्डम
कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सक्छन् । परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर कम हुन्छ । सासाथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने संभावना १८ प्रतिशतसम्म हुन्छ ।

पिल्स
पिल्स चक्कीलाई दैनिक सेवन गर्नुपर्छ, छुट्टाउन मिल्दैन । नियमित रूपमा पिल्स खाएमा ‘फेलिएर’ हुने दर सबैभन्दा कम हुन्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । विशेष गरी पिल्स ४० वर्ष पछि र उच्च रक्तचापमा पिल्स खानु हुँदैन ।। पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हुँदै जान्छ । साथै नियमित पिल्स खाएमा महिनावारी पनि नियमित हुन्छ ।

डिपोप्रोभेरा

डिपोप्रोभेरा तीन-तीन महिनामा दिने इन्जेक्सन हो, यसलाई तीन महिने सुई भनिन्छ । तीनमहिने सुई जुन सुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने संभावना हुन्छ । यसले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउदैन । महिलाले इन्जेक्सन लगाउदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । यसको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिना पछि मात्र गर्भाधारण गर्न सक्छन् ।

इम्प्लान्ट
इम्प्लान्ट पाँच वर्षका लागि पाखुरामा राखिन्छ । यसमा प्रयोग हुने हार्मोन डिपोप्रोभेरा जस्तै भएकाले फाइदा बेफाइदा पनि उस्तै हुन्छ । पाँच वर्षपछि त्यसलाई निकाल्नुपर्छ । तर ८४ केजी भन्दा बढी तौल भएका महिलाले भने यसलाई चार वर्षमा नै निकाल्नुपर्छ । इम्प्लान्ट राख्न तालिमप्राप्त व्यक्ति हुनुपर्छ । यो शरीरभित्र राख्ने भए पनि यसले शारीरिक रूपमा कुनै पनि किसिमको असर गर्दैन ।

आईयूसीडी
आईयूसीडी एक पटक लगाएपछि १२ वर्षसम्म काम गर्छ । यो टी आकारको हुन्छ । आईयूसिडि अन्तर्गत कपरटी, लुप पर्दछन् । यसमा हार्मोन प्रयोग हुँदैन त्यसैले यसको प्रयोगले तौल गडबड हुने, महिनावारी गडबड हुने जस्तो समस्या देखिंदैन । तर महिनावारीमा बढी रक्तस्राव हुने समस्या भने हुनसक्छ । सुरुमा तल्लो पेट दुख्ने समस्या पनि हुनसक्छ ।

४० वर्ष पुगेपछि डिपोप्रोृभेरा, नरप्लान्ट, आईयूसिडिको प्रयोग गर्नुपर्छ । तर ४० वर्षपछि पिल्स भने खानुृ हुँदैन् । पिल्सले ४० वर्ष पुगेपछि उच्च रत्तचाप बढाउने, ह्दयघात हुने सम्भावना हुन्छ ।

Previous Post

तनहुमा एकै ठाउँ छ वटा गाडी ठाेक्कीयाे , चार जना घाइते

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १३ गते बिहिबार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १३ गते बिहिबार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १८ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.