• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:25:05+05:45302520266 2026-06-13T13:25:05+05:45000000Sat, 13 Jun 2026 13:25:05 +0545Sat, 13 Jun 2026 13:25:05 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000005Asia/Kathmandu 620266-13Jun+0545 302506Asia/Kathmandu0530pm06p, 0000006SaturdayAsia/Kathmandu0505 262026000000 k620266 3001Asia/Kathmandu 1325ffAsia/KathmanduSat, 13 Jun 2026 13:25:05 +0545Asia/Kathmandu62026-06-13T13:25:05+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:25:05 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 25f ( '302506Asia/Kathmandu0530pm06p' === $3026pAsia/Kathmandu || '1781336405' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:25:05 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:25:05 +05456 $10630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 1Asia/Kathmandu30_2026p302520266( '10630_2026ff05Asia/Kathmandu30' ) * 13+05451781336405R_06_thEC+05456Satth ); } 25f ( '062605qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:25:05'; } $302506Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781336405+0545C' ) : 6p_302506Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620266', $302506Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:25:05 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:25:05 +05456 $13pm30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:25:05 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

आठ महिनासम्म थाहा पाइनँ’ आफू गर्भवती भएको कुरा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बीबीसी। तवानाले २१ वर्षको उमेरमै बच्चा जन्माउने कुराको कल्पना पनि गरेकी थिइनन्।

उनी साथीहरूसँग रमाइलो गर्थिन्, पार्टी गर्थिन्। उनकै शब्दमा उनी निस्फिक्री र मनमौजी जीवन व्यतीत गर्दै थिइन्।

बेहोस भएर अस्पताल नपुर्‍याइँदासम्म उनको जीवन त्यसरी नै चलिराखेको थियो। उनलाई आफू किन बेहोस भएर ढलेँ भन्ने पनि थाहा थिएन। अस्पतालमा उनले आफू गर्भवती भएको र चार सातापछि शिशु जन्मिने भेउ पाइन्।

ू‘त्यो सुनेर म निकै आत्तिन थालेँ,’ बीबीसीको रिलाइअवल सोस पडकास्टमा तवानाले बताइन्। उनी उक्त खबरले स्तब्ध भएकी थिइन्।

‘किनभने मलाई पहिलो पटक अरू कसैले मैले चार सातामा बच्चा जन्माउने कुरा बताएको थियो।’

अस्पतालमा भर्ना हुनासाथ चिकित्सकहरूले एमआरआई स्क्यान गर्नुअधि उनलाई गर्भावस्था परीक्षण गर्न भनेका थिए।

हास्याँस्पद मानेर उनले त्यसो गर्न मानेकी थिइनन्। उनले पाखुरामा गर्भनिरोधक साधन प्रत्यारोपण गराएकी थिइन् र आफू गर्भवती भएको कुनै संकेत पाएकी थिइनन्।

गर्भावस्था परीक्षणको परिणाम नकारात्मक आएपछि आफ्नो कुरा सही थियो भन्नेमा उनी अझ विश्वस्त भइन्।

तर त्यहाँ उपस्थित नर्सले चिकित्सकलाई एकपटक अल्ट्रासाउन्ड गरी हेर्नका निम्ति सहमत गराइन्। ती नर्सलाई अझै पनि तवाना गर्भवती नै हुन् कि भन्ने लागिरहेको थियो।

रिभरका पिता इम्यानुअललाई तवानाले आफूले बच्चा जन्माउन लागेको कुरा सुनाउँदा उनले पनि पत्याएनन्।

‘त्यसको कुनै अर्थ नै थिएन,’ उनी भन्छन्, ‘त्यो कुरा चमत्कारजस्तो लाग्थ्यो।’

सुत्केरी भएपछिको पीडा

वाकवाक लाग्ने वा पेटमा बच्चा चलेको महसुस हुने जस्ता संकेतबिनै शिशुलाई जन्म दिने अवस्थालाई क्रिप्टिक प्रेग्नन्सी अर्थात् गुप्त गर्भावस्था भनिन्छ।

यस्तो हुनु दुर्लभ हो तर डाक्टरहरूले तवानालाई अश्वेत समुदायमा यसरी बच्चा जन्मिनु असामान्य नभएको बताएका थिए।

‘(मलाई बताइएअनुसार)’ हाम्रो नितम्ब र हड्डीको बनावटका कारण त्यस्तो हुन्छ। शिशु बाहिरपट्टि नभई भित्रपट्टि बढ्दै जान्छ र गर्भाशयको तल्लो भागमा विकसित हुन्छ।’

‘शिशुलाई जन्म दिने समय आउँदा मलाई कतै उनी उल्टो अवस्थामा त छैनन् भन्ने चिन्ताले असाध्यै सताएको थियो।’

क्रिप्टिक गर्भावस्थासम्बन्धी तथ्यांक सहजै उपलब्ध नभए पनि लन्डन साउथ ब्यांक यूनिभर्सिटीकी हेल्थकेअर विषयकी प्राध्यापक एलिसन लेरी समग्र तथ्यांकहरूले विभिन्न अल्पसङ्ख्यक जातिका महिलाहरूले गर्भावस्थाका बेला प्राप्त गर्ने हेरचाहमा असमानताको स्थिति दर्साउने बताउँछिन्।

‘त्यस्ता धेरै अध्ययनहरू छन् जसले खास गरी अश्वेत महिलाहरूको गर्भावस्था र प्रसवको मामिलामा खराब परिणाम आउने गरेको देखाउँछन्।’

उनी यस सम्बन्धमा अझै धेरै अनुसन्धानको खाँचो देख्छिन्। विशिष्ट रूपमा गुप्त गर्भावस्थाबारे अनुसन्धान र उपलब्धता हुनुपर्नेमा लेरीको जोड छ।

‘निकै थोरै मानिसहरू यसबाट प्रभावित देखिए पनि यो निकै महत्त्वपूर्ण विषय हो। किनकि यदि तपाईँले समयमै प्रसूतिपूर्वको वा पश्चात्‌को उचित हेरचाह पाउनुभएन भने खराब परिणाम भोग्नुपर्ने सम्भावना अधिक हुन्छ।’

आफू गर्भवती भएको थाहा पाएको चार साता चार दिनपछि तवानाले रिभरलाई जन्म दिइन्। उनका अनुसार छोरीलाई जन्म दिएपछि उनी डिप्रेशनमा परिन्। सानै उमेरमा र गर्भावस्थाबारे थाहा पाएको छोटो समयमै सुत्केरी भएकोमा उनले टिकटकलाई सल्लाहसुझाव लिने माध्यम बनाइन्।

तर एक अमेरिकी महिलाबाहेक आफ्नो जस्तो अनुभव भएको अरू कोही भेटिनन्।

‘म एकदमै गहिरो अवसादबाट गुज्रिएँ। मलाई कसैले पनि केही सल्लाह नदिए जस्तो लाग्थ्यो।’

‘कसैले पनि यसबारे कुरा गरेनन्। जस्तै, यो आखिर हो के? त्यसपछि मैले एउटा भिडिओ हेरेँ कि जस्तो लाग्छ। एक अमेरिकी किशोरीलेयसबारे केही भनेकी थिइन्। त्यो भिडिओमा जम्मा १०० पटक हेरिएको थियो।’

‘वास्तवमै उनी मात्रै मलाई सल्लाह दिने व्यक्ति थिइन्।’

तवानाले पछि आफ्नो अनुभव अनलाइनमार्फत् साझा गर्ने निधो गरिन्। उनको भिडिओले झन्डै चार लाख लाइक प्राप्त गरिसकेको छ। त्यसपछि उनले अन्य आमाहरूसँग कुरा गर्दै पडकास्ट सुरु गरिन्।

तवाना आफूले बाँडेको अनुभव आफू गर्भवती भएको कुरा प्रसवको अन्तिम क्षणमा मात्रै थाहा पाउने युवावस्थाका आमाहरूप्रति थप समर्थन जुटाउन सहयोगी हुने आशा गर्छिन्।

आफ्नी आमाबाट आर्थिक सहयोग प्राप्त गरेकाले उनी स्वयंलाई भाग्यमानी ठान्छिन्। तर अरू महिलाहरू आफूजत्तिकै भाग्यमानी नहुन सक्ने उनलाई थाहा छ।

त्यसैले उनी एउटा परोपकारी संस्था स्थापना गर्न चाहन्छिन्।

‘कुनै सहयोग नै उपलब्ध छैन जस्तो लाग्छ। यदि यस्तै कुरा तपाईँले पनि भोग्नुपर्‍यो भने कसरी सामना गर्नुहुन्छ?’

Previous Post

काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने

Next Post

महिनावारी भएको कति दिनमा गर्भ रहन सक्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

महिनावारी भएको कति दिनमा गर्भ रहन सक्छ ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In