नेपाली बजारमा असार २३ गते, आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ। यस अघि गत जेठ २५ गते, यस्तो सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले आज एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएका हो। आज तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।



Discussion about this post