जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायु सक्रिय रहँदा वर्षा गराउने न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ।
सोही कारण आज दिउँसो कोशी, मधेश र वागमतीका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी र वागमतीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १-२ स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश र वागमतीका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णालीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।







Discussion about this post