HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शारीरिक सम्बन्ध कति सुरक्षित गर्भावस्थामा ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो ।

गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । तर यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै जन्मिएको छ भने शारीरिक सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

गर्भवती भएको ९ महिनासम्म महिलाको इच्छा छ भने जुनसुकै समयमा पनि सम्बन्ध राख्न सकिन्छ । यदि सम्पर्क राख्दा महिलालाई अत्यधिक पेट दुख्ने, यौनांग चिलाउने वा उसलाई इच्छा छैन भने चाहिं सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

गर्भको बच्चालाई असर पर्दैन

गर्भवती महिलालाई कुनै पनि समस्या छैन भने गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा गर्भको बच्चामा पनि कुनै असर हुँदैन । गर्भावस्थाको बेलामा अल्ट्रासाउन्ड गराउँदा बच्चा तथा आमाको स्वास्थ्यमा कुनै समस्या छैन भने सम्बन्ध राख्दा बच्चामा कुनै असर गर्दैन ।

गर्भावस्थाको कुन महिना जटिल ?

पहिलो तीन महिना र अन्तिम तीन महिना यौन सम्बन्ध बनाउन हुँदैन भनेर पनि हामीले सुन्छांै । तर त्यसको कुनै पनि वैज्ञानिक आधार छैन । यदि गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि समस्या छैन भने र उनमा यौन इच्छा छ भने आठौं, नवौं महिनामा शारीरिक सम्बन्ध रह्यो भने त्यसको कुनै पनि असर हुँदैन ।

कहिलेकाहीं श्रीमानको वीर्यमा संक्रमण भइरहेको छ भने श्रीमतीलाई पनि संक्रमण सर्छ कि भन्ने जोखिम हुन्छ । तर श्रीमान् एकदमै स्वस्थ छन् भने सम्बन्ध राख्दा आमा बच्चा दुवैलाई केही पनि असर गर्दैन ।

यौन सम्बन्ध बनाउँदा यौन स्वास्थ्यमा असर

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा प्रजनन् स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यो बेला यौन सम्बन्ध राख्दा परिवार नियोजनको केही साधन पनि प्रयोग गर्नु पर्दैन । अनिश्चित गर्भ रहन्छ कि भन्ने चिन्ता पनि भएन । यो बेला झन् चिन्तामुक्त भएर सम्बन्ध बनाउन सकिन्छ ।

गर्भावस्थामा कस्तो यौन आसन ?

शारीरिक सम्बन्धको क्रममा विभिन्न आसन प्रयोग गर्न सक्छन् । जस्तो आसन प्रयोग गरे पनि गर्भवती महिलालाई अप्ठ्यारो नहुने खालको अपनाउनुपर्छ । श्रीमतीलाई कुन आसनमा सहज हुन्छ त्यो आसन अपनाउनु उपयुक्त हुन्छ ।

सुत्केरीपछि शारीरिक सम्बन्ध

सुत्केरी भएको ६ हप्तासम्म शारीरिक सम्बन्ध बनाउनु हुँदैन । डेलिभरीको बेलामा पाठेघर ठूलो भएको हुन्छ । पाठेघरलाई आफ्नो अवस्थामा फर्किन र घाउ निको हुन समय लाग्ने तथा संक्रमण हुने सम्भावना धेरै हुन्छ । त्यसैले सुत्केरी भएको ६ हप्तापछि मात्र शारीरिक सम्बन्ध बनाउन मिल्छ ।

सुत्केरी भएपछि महिलाको पाठेघर ठूलो हुने, रगत बग्ने, प्रजनन् अंगमा घाउ हुने भएकाले त्यसमा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले सुत्केरी भएलगत्तै शारीरिक सम्बन्ध बनाउनु हुँदैन । लगत्तै सम्बन्ध बनाउँदा घाउ ठूलो हुने पाठेघरमा संक्रमण हुने जस्ता समस्या देखा पर्न सक्छन् ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रेष्ठसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

Previous Post

तपाईको यौन जीवनलाई कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार १ गते शनिबार हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार १ गते शनिबार हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.