HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तपाईको यौन जीवनलाई कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु ।

त्यसपछि आउँछ, काम । काममा यौनको चर्चा गरिन्छ । यौन मात्र नभएर माया, प्रेम, इच्छा र सद्भाव पनि पर्छन् । र, चार नम्बरमा आउँछ, मोक्ष । मोक्ष भनेको समाधि वा आनन्दको प्राप्ति हो ।

यो अवधारणाले के भन्छ भने पहिला धर्म गर्नुपर्छ । त्यसपछि अर्थ र काम भोग गरेर मात्र मानिसलाई मोक्ष प्राप्ति हुन्छ । यो भन्नुको अर्थ के हो भने धर्मशास्त्रले पनि यौन जीवनको लागि अपरिहार्य भनेको छ ।

विज्ञानले पनि यौन सुखले मानिस स्वस्थ रहने कुरामा जोड दिन्छ । यौनले नै सिर्जना र आनन्द दुवै दिन्छ । शरीरको लागि खाना जति आवश्यक छ । त्यति नै यौन जीवन पनि आवश्यक मानिन्छ । कुनै कारणवश यौन जीवनमा समस्या आइरहेको छ भने विस्तारै मानसिक स्वास्थमा प्रभाव पार्न सक्छ ।

यौन उत्तेजना नहुनु, चरमोत्कर्षमा नपुग्नु, शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु, महिलामा हार्मोनल परिवर्तनका कारण यौन चाहना घट्नु, यौन रोगका कारण यौन सम्बन्ध राख्न नसक्नु शारीरिक समस्या मात्र होइन । यसमा मानसिक कारण पनि जिम्मेवार हुनसक्छ ।

यसले के स्पष्ट पार्छ भने यौन जीवन र मानसिक स्वास्थ्यबीच निकट सम्बन्ध छ । यौन शिथिलताले जसरी मानसिक समस्या ल्याउँछ, उसैगरी मानसिक समस्याले यौन उदासीनता पनि ल्याउँछ ।

यदि दम्पतीबीचको सम्बन्ध प्रगाढ छैन, आपसी असमझदारी छ भने त्यसको प्रभाव उनीहरुको यौन जीवनमा पर्छ । ठीक यसैगरी यौन जीवन सुमधुर नहुँदा उनीहरुबीचको भावनात्मक सम्बन्धमा पनि खल्लोपन महसुस हुन्छ । अर्थात् यी एकअर्कासँग अभिन्न रुपले जोडिएका छन् ।

यस्ता यौन समस्याले कसरी मानसिक स्वास्थ्यमा असर गर्छ भन्ने जान्नु भन्दाअघि यौन र मस्तिष्कबीचको सम्बन्धबारे जान्नु आवश्यक हुन्छ ।

 

यौन र मस्तिष्कबीचको सम्बन्ध

हामीमध्ये धेरैजसोलाई लाग्न सक्छ- यौनक्रिया शरीरले गर्छ । तर यो सत्य होइन । यौनबारे सोच्नेबित्तिकै महिला र पुरुषको मस्तिष्कमा आउने भावना र विचारले उत्सुकता ल्याउँछ । र, यसले अवधि बढाउने, घटाउने, उत्तेजित पार्ने र शरीरलाई चलायमान राख्छ ।

मन र तनको तालमेलले यौन सन्तुष्ट दिन्छ । र, चरमसुख दिन्छ । यौन सम्बन्ध राम्रो छ भने यसले एकछिनको आनन्द मात्र होइन, मानसिक स्वास्थमा पनि योगदान दिइरहेको हुन्छ । यसले सकारात्मक प्रभाव दिमागमा पार्छ ।

कुनै कुराले दिमाग भारी भइरहेको छ वा मनमा अनेकौं विचारले चिन्ता भइरहेको छ भने यौन सम्बन्ध राखेको केही समयमै दिमागमा आनन्द र आराम दिने हार्मोन अक्सिटोसिन र इन्डोर्फिन निष्कासन गर्छ । जसकारण दिमाग शान्त हुँदै आफूलाई हल्का भएको अनुभव गर्छ । र, राहत अनुभव गर्छ ।

तर यसको मतलब यो होइन कि तनाव कम गर्न यौनक्रिया नै गर्नुपर्छ । यौनक्रिया गर्दा दिमागका यस्ता न्युरोट्रान्समिटरहरु सक्रिय हुन्छन् । र, दम्पतीबीच सामीप्य बढाउँछ ।

निद्रामा सुधार ल्याउँछ

यौन सम्बन्धले मांसपेशीलाई आराम दिन्छ । जसले गर्दा व्यक्तिलाई मीठो र गहिरो निद्रा पार्छ । यसरी निद्रा पर्नु पनि मानसिक स्वास्थ्यदेखि शरीरका लागि पनि फाइदाजनक हुन्छ ।

नकारात्मक असरहरु

यौन आकर्षणमा कमी, यौन विफलता वा सम्भोगमा समस्याले असमानता, निराशा र आत्मसम्मानको कमी गराउन सक्छ ।

जब यौनसम्पर्क राम्रोसँग हुँदैन । सन्तुष्टि मिल्दैन भने यसले दिमागमा तनाव सिर्जना गर्छ । यसरी धेरै तनाव लिने र नजिकको साथीसँग खुलेर कुरा गर्न निस्कँदा बिस्तारै चिन्ता, भय, डिप्रेसन हुने सम्भावना हुन्छ । आज धेरैजसो सम्बन्धविच्छेदको घटना पनि यौन समस्याकै कारण हुने गरेको देखिन्छ ।

दोस्रो, यौन समस्याले घरेलु झगडा पनि ल्याउँछ । यौन इच्छाको पूर्णता नहुने वा बिस्तारै यौन सम्बन्ध नहुने र बिस्तारै बोलचाल नहुने वा बोल्न मन नलाग्ने हुँदै सम्बन्ध चिसिन थाल्छन् । परिणामस्वरूप, दिमागमा कुरा खेल्ने, कुनै कुरामा केन्द्रित रहन कठिन हुने, मनमा एक किसिमको भय हुने र मनोबलको कमी हुनसक्छ ।

मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्य सबै एक अर्कासँग जोडिएका छन्। जब एक व्यक्ति नकारात्मक रूपमा प्रभावित हुन्छ, अर्को व्यक्ति आफैं प्रभावित हुन्छ। पछिल्लाे समय मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू बढ्दै गएका छन्, यसको प्रत्यक्ष असर यौन स्वास्थ्यमा परेको छ, जसका कारण पार्टनरसँगको सम्बन्धमा पनि असर पर्न सक्छ।

 

मानसिक समस्याले पनि यौन जीवन बिगार्न सक्छ

यौन जीवनमा समस्या हुँदा मानसिक स्वास्थ्य बिग्रिने मात्र होइन । कतिपय अवस्थामा मानसिक समस्याले पनि यौन जीवन बिगार्न सक्छ ।

आर्थिक भार, बेरोजगारी, काम र व्यक्तिगत जीवनको असन्तुलन, शिक्षा, समाजिक दबाबको कारण कतिपय व्यक्ति हरदिन तनावमा हुन्छन् । यस्ता समस्याबाट बाहिर आउन नस्कदा यौन जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।

तनावले गर्दा व्यक्तिमा यौन चाहना नै कम गराउन सक्छ । यस्ता समस्याले यौन साथीसँग नजिकिन, बस्न र यौन आकर्षण कम हुन थाल्छ । यौन सम्बन्ध राखिहाले पनि त्यसबाट पूर्ण आनन्द प्राप्त नहुन सक्छ ।

साथै, यौनाङ्ग उत्तेजित नहुने, शिघ्रपतन हुने वा स्खलन ढिलो हुने र त्यही कुराले दैनिक जीवनमा प्रभाव पार्न सक्छ । जबसम्म मानसिक र भावनात्मक रुपमा व्यक्ति बलियो हुँदैन । तबसम्म यौन सन्तुष्टि मिल्न असम्भव हुन्छ ।

चिन्ताको समस्या हुनेहरुमा पनि शीघ्र स्खलन हुने सम्भावना बढी हुन्छ । अन्तर्राष्ट्रिय जनरल नेचर डटकमका अनुसार ३७ प्रतिशत चिन्ताको समस्या भएका पुरुषमा शीघ्र स्खलनको समस्या हुन्छ । उनीहरुले यौनक्रियामा पनि राम्रो प्रदर्शन गर्न कठिनाइ हुन्छ ।

Previous Post

उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

Next Post

शारीरिक सम्बन्ध कति सुरक्षित गर्भावस्थामा ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

शारीरिक सम्बन्ध कति सुरक्षित गर्भावस्थामा ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.