कैलालीको घोडाघोडीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो।
घर नजिकै खेल्ने क्रममा शुक्रवार सर्पले डसेपछि बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। बालिकाको उपचारकै क्रममा आज (शनिवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।







Discussion about this post