HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्मीमा ठेउलाबाट कसरी बच्चने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसमाथि पनि गर्मीले बालबालिकामा धेरै असर पारिरहेको छ । गर्मीयाममा बालबालिकामा धेरै देखिने रोगमध्ये पर्छ चिकेनपक्स अर्थात् ठेउला ।

ठेउला भेरिसेला जोस्टर नामक भाइरस संक्रमणका कारण हुन्छ । यसलाई नेपालीमा जनैखटिरा भनेर समेत चिनिन्छ । सामान्यतया एक वर्षदेखि १५ वर्षको उमेरका बालबालिकामा ठेउलाको संक्रमण धेरै हुन्छ । यस्तै गर्भवती महिला, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पनि हुनसक्छ ।

ठेउला आउनुअघि टाउको दुख्ने, जीउ दुख्ने, हल्का ज्वरो आउने, घाँटी सुक्खा हुने, खोकी लाग्ने, छाला सुक्खा हुने, कमजोर महसुस हुने, बान्ता हुने, चिलाउने, पोल्ने र दुख्ने जस्ता लक्षण देखिन्छन् । यसरी लक्षण देखिएको २४ घण्टा नबित्दै शरीरको पेट, ढाड, पिठ्यूँमा मसिना बिमिरा देखिन्छन् र बिस्तारै शरीरमा फैलिंदै हातमुख, अनुहार टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा फैलिन्छ । क्रमश: त्यो पानी फोका जस्तै बन्छ । यस्तो बेला खाना खान मन नलाग्ने, खाना निल्न र चपाउन गाह्रो हुने हुनसक्छ ।

पाँचदेखि सात दिन पानीको फोका बस्छ र त्यसपछि बिस्तारै सुक्दै जान्छ । १०-१२ दिनमा यो आफैं निको हुन्छ ।

उपचार

ठेउलाको लागि कुनै विशेष औषधि छैन । यसलाई राम्रोसँग हेरविचार गर्न सकेमा आफैं निको हुने रोग हो । त्यसैले बच्चाको हकमा ज्वरो घटाउन पारासिटामोल प्रयोग गर्न सकिन्छ । तर वयस्कलाई एन्टिभाइरल औषधिको प्रयोग गर्न सकिन्छ तर इबुप्रोफेन र एन्टिबायोटिकजस्ता औषधि प्रयोग गर्नुहुँदैन । शरीर चिलाउने समस्या कम गर्न लोसन र मलम लगाउन सकिन्छ । ठेउला हुँदा बढ्ता झोलिलो खानेकुरा खान दिनुपर्छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

बच्ने उपाय

ठेउला आएको बच्चालाई आइसोलेसनमा राख्नुपर्छ । ठेउलाको संक्रमण भएको बच्चा स्कुल जाने भए नपठाउने, अन्य बालिबालिकासँग पनि टाढा राख्नुपर्छ । संक्रमित बच्चालाई छोइसकेपछि राम्रोसँग हात धुनुपर्छ । लुगा धोइसकेपछि घाममा राम्रोसँग सुकाउनुपर्छ ।

यसबाहेक नेपाल बाल चिकित्सा समाज (नेपास)बाट चिकेनपक्स विरुद्धको खोप पनि लगाउन सकिन्छ । जुन १ वर्षदेखि ४० वर्षसम्मको उमेरका व्यक्तिले लगाउन सकिन्छ । यसको दुई मात्रा लगाउनुपर्ने हुन्छ । जुन पहिलो खोप एक वर्षमा र दोस्रो खोप ( बुस्टर डोज) पाँच वर्षको उमेरमा लगाइन्छ । यदि पाँच वर्षको उमेर पहिलो खोप लगाएको छ भने दोस्रो खोप पहिलो खोप लगाएको एक महिनापछि लगाउन सकिन्छ । यो सशुल्क अभिभावकको स्वेच्छाले मात्र लगाइन्छ ।

बालबालिका तथा वयस्क मानिस र एक वर्ष भन्दा सानालाई यो रोगले समस्यामा पार्न सक्छ । गर्भवती महिला तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई ठेउलाको संक्रमण धेरै हुने जोखिम हुन्छ ।

ठेउलाको समयमा उपचार गरिएन भने निमोनिया, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस तथा छालाका अन्य रोग हुने जोखिम हुन्छ ।

Previous Post

मेघगर्जनसहित वर्षा,यी प्रदेशमा

Next Post

‘प्रेम गीत जोडी’को पुर्नमिलन, नयाँ फिल्म आउँदै !

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

‘प्रेम गीत जोडी’को पुर्नमिलन, नयाँ फिल्म आउँदै !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.