HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

निर्वस्त्र सडकमा प्रदर्शन गर्छिन्, ‘नेकेड एथेना’

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । घटना केहि समय अघिको हो । हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो । प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लाग्छन् । त्यही बेला एक युवती धुवाँ चिर्दै सडकमा देखा पर्छिन् र निर्लज्ज प्रहरीतिर बढ्छिन् । छरिएका प्रदर्शनकारी छक्क पर्छिन् ।

अलि पर उभिएका प्रहरीले पनि केही कारबाही गर्न सक्दैनन् । माथि उल्लिखित दृश्य अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा भएको प्रदर्शनको एउटा अंश हो । बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले आफ्नो साहसका कारण मात्र सबैको ध्यान तानेकी थिइनन् ।

उनले सबैलाई चकित पार्नुको अर्को कारण पनि थियो । ती युवती बिल्कुलै नग्न अवस्थामा थिइन् । उनले शिरमा कालो टोपी र मुखमा कालो मास्कबाहेक अरू कुनै कपडा लगाएकी थिइनन् ।

मध्यरात १ः४५ बजे उनी यही अवस्थामा दर्जनौं सुरक्षाकर्मीसामु यसरी उभिइन्, मानौं उनी अमेरिकामा जारी विद्रोहकी प्रतीक हुन् । उनको तस्वीर र भिडियो ट्वीटरलगायत् सामाजिक सञ्जालहरूमा यत्रतत्र देखिए ।

शारीरिक रूपले नग्न र शान्त हाउभाउमा प्रस्तुत भएकी ती युवतीलाई त्यसैको प्रतीकका रूपमा हेरिएको छ । उनी केही बेर सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन् । त्यसपछि उनलाई सुरक्षाकर्मीको आक्रमणबाट बचाउन एक प्रदर्शनकारी युवकअघि सर्छन् ।

उनी ती युवतीलाई छेक्दै अगाडि–अगाडि हिँड्छन् । युवती भने आफूलाई छेक्न आउनेलाई नै पन्छाउँदै छेउ लाग्छिन् । कुनै उद्देश्य निम्ति सार्वजनिक स्थलमा नग्न प्रस्तुत हुनुलाई पोर्टल्यान्डमा राजनीतिक अभिव्यक्तिको माध्यमका रूपमा लिइन्छ ।

यसलाई अमर्यादित व्यवहार मानिँदैन । सन् २००८ मा यसैगरी नग्न साइकल यात्रा गरिएको थियो । त्यति बेला काउन्टी न्यायाधीशले यसलाई ‘सांकेतिक प्रदर्शन’ मान्दै पोर्टल्यान्डको निम्ति यो स्थापित प्रचलन भएको व्याख्या गरेका थिए ।

त्यसको चार वर्षपछि पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति नग्न अवस्थामा पक्राउ परे । उनी यातायात सुरक्षा विधिको विरोध गरिरहेका थिए । मुद्दा सुनुवाइ क्रममा न्यायाधीशले ‘प्रदर्शनको वैधानिक विधि’ भन्दै उनलाई मुक्त गरे ।

त्यसरी नै नग्न अवस्थामा सुरक्षाकर्मीसामु उभिएकी युवतीलाई पनि पोर्टल्यान्डको प्रचलित मान्यताअनुरूप ‘सांकेतिक विरोध’ का रूपमा लिइएको छ । ती युवतीले सुरक्षाकर्मीकै अगाडि नग्न अवस्थामा योगका विभिन्न आसन प्रस्तुत गरेकी थिइन् । उनले केही बेर एउटा खुट्टाको भरमा उभिँदै आफ्ना दुवै हात हावामा उचालेकी थिइन् ।

ब्याले नर्तकीले झैं विभिन्न मुद्रामा शरीर घुमाएर देखाएकी थिइन् । त्यस्तै, सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाएकी थिइन् । झन्डै १५ मिनेटसम्म सडकमा विभिन्न हाउभाउ प्रस्तुत गरेपछि उनी केही बेर शान्त मुद्रामा उभिइन् ।

सुरक्षाकर्मीहरूको समूह त्यहाँबाट फर्किएपछि उनी पनि चुपचाप प्रदर्शनकारीको भीडमा अलप भइन् । ती युवतीको परिचय खुलेको छैन । उनलाई सामाजिक सञ्जालहरूमा ‘नेकेड एथेना’ भनेर परिचय गराइएको छ । पोर्टल्यान्डबाट प्रकाशित हुने अखबारहरूले आफ्नो वेबसाइटमा ती युवतीको विवरण प्रकाशित गरेका छन् ।

ओरेगन लाइभले फोटोग्राफर डेभ किलेनलाई उद्धृत गर्दै भनेको छ, ‘उनी भीडबाट चुपचाप प्रकट भइन् र चुपचाप भीडमा हराइन् । त्यसबीच उनले एक शब्द बोलेको सुनिएन ।’

Previous Post

ठगी धन्दा छताछुल्ल श्रीकेश तेलको, भ्रमपूर्ण विज्ञापनले सर्वसाधारण ठगिँदै

Next Post

आरु बखडा टिप्ने क्रममा करेन्ट लागेर गुल्मी जिल्लामा एक जना घाइते

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

आरु बखडा टिप्ने क्रममा करेन्ट लागेर गुल्मी जिल्लामा एक जना घाइते

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.