सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्रीकेश तेलको ठगी धन्दा छताछुल्ल भएको छ । टिकाराम बुढाथोकीले श्रीकेश तेल सञ्चालन गर्दै आएका छन् । बुढाथोकीले पूर्व राष्ट्रपतिदेखि कलाकारसम्मलाई प्रचार गर्न लगाएर सर्वसाधारणलाई ठगी गरि रहेका छन् ।
कपाल झर्न रोक्ने, चाँया हटाउने, नयाँ कपाल पलाउने, टाउको चिलाउन रोक्ने, कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको खुलासा भएको छ । हरेक बोतलको ३ हजारसम्म असुली गरेर जोड तोड्का साथ टेलिभिजनदेखि अनलाइन मिडिया, पूर्वराष्ट्रपति, कलाकार र हरेक सामाजिक सञ्जालमा विज्ञापन गरेर सर्वसाधारणलाई ठगी गरेको पाइएको छ ।
श्रीकेश तेलका नियमित ग्राहक विकास श्रेष्ठले भने- ‘मैले एक वर्षभन्दा बढी यो तेल लगाए सुरूमा ठिकै जस्तो लाग्यो कपाल पलाए जस्तो पनि भयो अनि मैले नियमित प्रयोग गर्न थाले र कपाल पलाउने आश पनि निकै ठूलो राखेको थिए तर त्यस्तो केही पनि परिवर्तन नभएपछि अहिले आएर म अफै ठगीए र पैसाको मात्र सत्य नाश गरेछु भन्ने महसुस गरेको छु ।’
उनले भने- ‘कुरा नबुझि प्रचारको पछि लागेपछि पैसाको मात्र सत्य नाश हुने रहेछ, मैले गर्दा मेरा दुई तीन जना साथीहरूले पनि तेल प्रयोग गरेका थिए तर अहिले उनीहरूले पनि मलाई नै खाली प्रचारको पछि लागेर आफ्नो त आफ्नै थियो, हाम्रो पैसाको पनि सत्य नाश गर्यो ।’
उनी भन्छन्- ‘म भन्छु अब यो तेलको लागि कसैले पनि पैसा खर्च नगर्नु राम्रो होला । मैले त आफूले बुझेको र भोगेको कुरा मिडिया सामु भनेको मात्र हो । बाँकी त हजुरहरूले बुझ्नु भएकै होला ।’
उनी थप भन्छन्- ‘सुरूमा मलाई पनि ठिकै लागेको हो, अहिले आएर पहिलेको भन्दा पनि बढी कपाल गएपछि मैले बेकारमा विज्ञापनको पछि लागेर फसे छु भन्ने बल्ल थाहा पाए । यस्ता धेरै प्रचार गर्नेहरूको पछि नलागेकै बेश हुने रहेछ । म भन्छु यस्तो प्रचारको पछि लागेर कोही पनि ठगीनु हुँदैन । हामी नेपालीहरू जेको बढी प्रचार आउँछ उसैको पछि लागेर पैसाको मात्र सत्य नाश गर्दा रहेछौं भन्ने मलाई पूर्ण विश्वास यही श्री केश तेलले गराएको छ ।’
उनी दुखेसो पोख्दै भन्छन्- ‘श्रीकेश तेलको बजारमा प्रचार प्रसार गरेर धमाधम तेलको बिक्री वितरण गरेपनि अबको केही वर्ष भित्र सबैले थाहा पाउने छन्, म जस्तै पैसा सत्य नास गरेको रहेछु भनेर महसुस आफै गर्ने छन् ।’
त्यस्तै, अर्का एक ग्राहक सुवास कार्कीले भने- ‘श्रीकेश तेलले नेपालमा मात्र होइन विदेशमा रहेका नेपालीलाई समेत मुर्गा बनाएको छ । जोड तोडका साथ विज्ञापन गरेर हामी नेपालीलाई मुर्ख बनाउँदै ठगीधन्दा चलाएको छ । यस्ता कुपात्रलाई कानुनी कारबाही गर्नुपर्ने जोडदार माग गर्छु ।’
उनी भन्छन्- ‘मैले यो तेल प्रयोग गरेको आठ महिनाभन्दा बढी भयो होला तर मेरो केही पनि कपालमा परिवर्तन भएन त्यसैले आज म यो कुरा बताउन बाध्य भएको छु । यस्ता प्रचारको पछि लागेर आफू ठगीने बाहेक अरू केही उपाय नहुने रहेछ, त्यसैले प्रचारको पछि लागेर पैसाको बर्बाद नगर्दा राम्रो हुने म सबै नेपाली दाजुभाइ तथा दिदि बहिनीहरूलाई सुझाव दिन चाहान्छु ।’
उनी थप भन्छन्- ‘मैले लगातार प्रयोग गरे तर केही पनि परिवर्तन नआएपछि आज मैले सत्य कुरा बताउन बाध्य भएको हुँ । उनले भने हेर्दै जानु होला यो समाचार प्रकाशित भएपछि मेरो जस्तो समस्या लिएर बसेका धेरै जनाले तपाइहरूलाई सम्पर्क गर्छन् होला ।’
यस्तै उनी भन्छन्- ‘मान्छेले जाबो ३ हजारको तेलको लागि के भन्नु भनेर चुप लागेर बसेका धेरै छन् होला । तर, हामीले सानो भनेर चुप लागेर बस्ने होइन प्रचार गरेर यस्ता ठगीधन्दा चलाउनेलाई हामी जनताले पनि कारवाही गर्न सक्नुपर्छ । त्यसैले सामाजिक सञ्जाल र मिडियामा धेरै प्रचार गरेर झुट्को खेति गर्ने कुपात्रलाई सबै नेपाली मिलेर बेलैमा कारवाही गर्नु जरूरी छ । मैसँग यो तेल किनेर लगाउने हामी ३/४ जना छौं, हामी अब यो तेलको भन्डाफोर गरेर हामी जस्ता अरू नेपाली ठगिनु हुँदैन भनेर बेलैमा सचेत बनाउने कोशिस गर्नेछौं र गरिरहने छौं ।’
त्यस्तै अर्का प्रयोगकर्ता विकास पौडेलले भने- ‘श्रीकेश तेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जस्ता देशको गरिमा बोकेका मान्छेलाई समेत तेलको प्रचार गर्न लगाउनु लज्जाको विषय मात्र होइन हामी सबै नेपालीको अपमान हो । आफ्नो व्यक्तिगत फाइदाका लागि देशको राष्ट्र प्रमुख भइसकेका मान्छेलाई समेत प्रयोग गरि सर्वसाधारणलाई यस्तै भ्रम सृर्जना गरेर ठगी धन्दा चलाउनेलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक रहेको पौडेलले बताए । तर नियमन गर्ने राज्यका निकायहरूले समेत यस्ता कुरामा ध्यान दिएको देखिदैन ।’
उनले भने- ‘यो तेलको वैज्ञानिक आधार के हो ? कति जना सर्वसाधारणको कपाल पलायो ? पहिले कस्तो अवस्थामा थियो र यो कसरी सम्भव भयोरु यी यस्ता सबै कुराको आधार केही पनि देखिदैन । स्रेलिब्रटीहरूलाई पैसा दिएर प्रचार गर्न लगाएर नेपाली जनतालाई नजानिदो तरिकाले ठगि धन्दा अथवा लुट मचाएको स्पष्ट देखिन्छ । त्यसैले हरेक नेपाली जनताले सचेत हुनुपर्ने जरूरी देखिएको छ ।’
त्यस्तै राजेश साहले भने- ‘मैले पनि कपाल पलाउँछ कि भनेर दुई बोतल किनेर लगाए तर कुनै परिवर्तन नआएपछि आफूले बेकारमा ६ हजार हालेर तेल किनेको गल्ती महसुस भयो । म भन्छु यो प्रचारको पछि लागेर कसैले पनि यो तेल किनेर पैसाको सत्यनास नगर्न सुझाव दिन्छु ।’
साह भन्छन्- ‘प्रचार गर्ने हरेक मान्छेले पैसा लिएर प्रचार गरेको हुन्छ तर हामी सर्वसाधारण भने त्यही प्रचार हेरर त्यसैको पछि लागेर पसिना बगाएर कमाएको पैसाको सत्यनास गरिएका हुन्छौं । म के भन्छु भन्दा अबदेखि कोही कसैले पनि बढी प्रचार आएपछि त्यो सामान कसैले नकिनेपछि बढी प्रचार गरेर विकाउने चलन हाम्रो नेपालमा धेरै नै भएको पाइन्छ । यसरी यस्ता कुप्रचारको पछि लागेर कसैले पनि आफ्नो समय र पैसाको सत्य नाश नगर्न म सम्पूर्ण नेपालीहरूलाई अपिल गर्छु ।’
त्यसैगरी सन्तोष रावलले भने- ‘मैले यो श्रीकेश तेल प्रयोग गर्न लागेको ११ महिना जति भयो तर उल्टै भएको कपाल पनि झन् झरेर गयो । अब यो तेलको प्रचार हेरेर मैले किने तर अहिले आएर मलाई धेरै पछुतो लागेको छ । यो प्रचारको पछि लाग्ने हो भने घरबार पनि जाने अवस्था आउने रहेछ । म यस्तै सामाजिक सञ्जालको प्रचारले धेरै रूपैयाँ खर्च गरिसकेको मान्छे हुँ । अब प्रचार गर्ने मान्छे र प्रचार गर्न लगाउने मान्छेसँग क्षतिपुर्ति माग्ने अवस्थामा पुगेको छु । कुनै दिन क्षतिपुर्ति माग्न श्रीकेश तेलको अफिसमा जाने विचार गरेको छु । मैले गर्दा ७/८ जनालाई यो तेल किन्न लगाएको छु तर अहिले कसैको पनि कपाल पलाएन, त्यसैले म भन्छु हामी जस्ता सिधा मान्छेलाई ठग्न बनाएको जुक्ति बाहेक अरू केही पनि होइन । यस्ता ठगी धन्दा चलाउने मान्छेलाई सरकारले किन कारवाही गर्दैन यो मेरो सरकारमा भएका नेताहरूलाई प्रश्न छ ।’
उनी भन्छन्- ‘नेपाली बजारमा व्यापक बिक्री हुँदै आएको श्रीकेश तेलका बारेमा कपाल उमार्ने कुनै पनि वैज्ञानिक आधार देखिदैन । अहिले तेल जति बिक्री भएको छ । त्यो विज्ञापन र कलाकारहरूलाई प्रचार गर्न लगाएर जबर्जस्ती बिक्री वितरण गरेको पाइएको छ । यसरी दिनदहाडै ठगी धन्दा चलाउनेलाई नियमनकारी निकायले कारवाही गर्नुपर्नेमा उल्टै संरक्षण गरेर राखेको छ ।’
कपालमा लगाउने तेल त हो भन्ने हेतुले गुणस्तर परीक्षण समेत नगरिएको पाइएको छ । मानव स्वास्थ्यमा कपालमा लगाउने तेलले समेत ठूलो असर गर्ने चिकित्सकहरूले बताउने गरेका छन् । मोटो रकम लाभ पाएपछि टेलिभिजन, अनलाइन मिडियाहरूदेखि मोडल र कलाकारसम्मलाई श्रीकेश तेलको भ्रमपूर्ण विज्ञापन गर्न भ्याईनभ्याई छ ।
वरिष्ठ हाँस्य कलाकारदेखि फिल्म क्षेत्रका हिरो हिरोइनसम्मले श्रीकेश तेलको भ्रमपूर्ण प्रचार गर्न तल्लीन रहेको देखिन्छन् । सर्वसाधारणलाई यसरी झुकाउँदै ठगी गर्ने भ्रमपूर्ण विज्ञापन प्रचार प्रसार गर्नेहरुलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायले छुट दिएका छन् । यसरी भ्रम फैलाउदै सर्वसाधारणलाई ठगी गर्ने यस्ता व्यवसायीहरूलाई नियमनकारी निकायको ध्यान जान जरूरी देखिन्छ ।







Discussion about this post