HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कसरि दुब्लाउने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
Asian young woman doing plank exercise outdoors

Asian young woman doing plank exercise outdoors

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् ।

फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका छन् ।

तर सबैभन्दा ठूलो प्रश्न यो हो कि यदि तपाईं फिट रहन चाहनुहुन्छ भने जिम वा डाइट केमा बढी ध्यान दिनु राम्रो हुन्छ ? यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल घट्छ त ? व्यायाम गर्न जाँदा के के कुरामा ध्यान दिने ? यिनै विषयमा आधारित रहेर फिटनेस ट्रेनर सबाना खातुनसँग गरिएको कुराकानी :

मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने ?

मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने भन्ने प्रश्न धेरैको हुन्छ । तर मोटोपन कम गर्न व्यायाम र खाना कम दुवै गर्नु जरुरी छ । खाना मात्र कम गर्ने हो भने पनि तौल त कम हुन्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले खाना कम गर्ने र सँगै व्यायाम पनि गर्ने गर्नुपर्छ ।

जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो ।

खाना कम गर्ने र दैनिक व्यायाम गर्ने गरियो भने तौल कम हुनुका साथै स्वस्थ पनि भइन्छ । व्यायाम गर्न जिम गइयो भने मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।

फिटनेस क्लब जानुअघि के–के कुरामा ध्यान दिनुपर्छ ?

मोटोपन घटाउनुपर्ने त त्यसको लागि फिटनेस स्टुडियो पनि जान मन छ तर केही तयारी पो गर्नुपर्छ कि भन्ने पनि धेरैलाई लाग्न सक्छ । तर त्यो कुराको चिन्ता लिनु पर्दैन ।

फिटनेस क्लब जाने बित्तिकै एकदमै गाह्रो खाले व्यायाम सुरु गर्नुहुँदैन । वार्मअप गर्ने र सजिलो व्यायामबाट सुरु गरेर पछि बिस्तारै व्यायामलाई बढाउँदै लैजानुपर्छ । त्यसैले यो सबै कुरामा तपाईंको फिटनेस ट्रेनरले सहयोग गर्छन् ।

व्यायाम गर्न फिटनेस क्लब किन जाने ?

तौल घटाउनु गाह्रो काम होइन, तपाईंले केही दिन खानै खानु भएन भने पनि तौल त घट्छ । तर तौल घट्नुका साथै स्वस्थ हुनु पनि जरुरी छ । त्यसका लागि फिटनेस क्लब जानु ठीक हुन्छ ।

फिटनेस क्लबमा स्वस्थ वातावरण हुन्छ । आफूजस्तै तौल घटाउन मेहनत गरिसकेका व्यक्तिहरूसँग भेट हुन्छ । उनीहरूले मेहनत गरेको देखेर हौसला बढ्छ ।

व्यायाम गरेर मात्र हामीले शरीरको बोसो घटाउन सक्छौं ?

व्यायाम गरेर मात्र भन्दा पनि सन्तुलित खाना पनि खाएर शरीरको बोसो घट्छ । यसरी शरीरको बोसो घट्नु भनेको लामो समयको लागि हो । यदि खाना मात्र कम गरियो वा व्यायाम मात्र गरियो भने त्यो दीर्घकालीन नहुन पनि सक्छ ।

आफ्नो विशेष समय छुटाएर अल्छी नमानी व्यायाम गरियो भने त्यसले शरीरमा बिस्तारै परिवर्तन ल्याउँछ ।

जिम गएपछि कस्तो खानपान गर्नुपर्छ ?

हाम्रो नेपाली समाज कस्तो छ भने कोही व्यक्ति तौल नियन्त्रण गर्न जिम गइरहेको र डाइट पनि गरिरहेको छ भने उसलाई परिवारको सदस्य र साथीभाइले आज एक दिन खाऊ न केही हुन्न भन्दै कर गर्छन् । त्यति मात्र होइन, दशैं-तिहार नजिकिंदै छ । त्यसैले यस्तो वातावरण छ भने मैले के को लागि डाइट गरिरहेको छु जिम गइरहेको छु भन्ने कुरा ध्यान दिनुपर्छ । एक छाक जंकफुड खाइयो भने अर्को छाक अलि स्वास्थ्यकर खाना खाने र व्यायाम गर्नुपर्छ ।

Previous Post

बिँडी, चुरोट र सिगार महँगिने

Next Post

नेप्से २३.८१ अंकले घट्यो, साढे ४ अर्बको शेयर किनबेच

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

नेप्से २३.८१ अंकले घट्यो, साढे ४ अर्बको शेयर किनबेच

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.