HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बजारमा दोहोरो अंकको वृद्धि कायमै, २१ सय विन्दु छोयो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अर्थ
0
share

share

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केही दिनदेखि बढ्दो प्रवृत्तिमा देखिन थालेको नेप्से परिसूचकमा सोमबार पनि वृद्धिले निरन्तरता पाएको छ।

सोमबार अन्तरदिनको कारोबारमा २१ सय बिन्दु पार गरेको नेप्से बजार बन्द हुँदा २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ।

नेप्से केही समयदेखि साइडवेज मुभमेन्टमा रहने गरेको छ। यसअघि २१२३ बिन्दुबाट बजार फर्किएर १९५३ बाट पुनः बढ्न थालेको हो। त्यसअघि पनि २२१५ सम्म पुगेको नेप्से १९६० सम्म पुगेर यसअघिको उचाई २१२३ सम्म पुगेको थियो।

जेठबाट घटेको ब्रोकर कमिसन र केही दिन अघि राष्ट्र बैंकले कर्जा विस्तारमा लाग्ने संकेत सहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेसँगै बढ्ने प्रयासमा रहेको नेप्सेले ऊर्जा पाएको हो।

यो ऊर्जाले नेप्सेलाई नयाँ उचाई दिनेमा लगानीकर्ताहरू आशावादी नै देखिएका छन्।

यस दिन कारोबार रकममा पनि सुधार आएको छ।

आइतबार ५ अर्ब २५ करोड १० लाख रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजारको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१५ वटा धितोपत्रको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

उपकार लघुवित्तको मूल्य सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ८५२ रूपैयाँ कायम भएको छ।

यस्तै, श्रीजनशील लघुवित्तको मूल्य ६.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७२६ रूपैयाँमा झरेको छ।

सोमबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ६९३ रूपैयाँ ६० पैसामा १९ करोड ९२ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.७६ प्रतिशत बढेको हाे ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२७ रूपैयाँमा १८ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।

यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक २.२३ प्रतिशतले बढेको छ।

Previous Post

गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

Next Post

के तपाईको हातमा पैसा टिक्दैन ?यी ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

के तपाईको हातमा पैसा टिक्दैन ?यी ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.