HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जारी सिजनमा स्पेनिस ला लिगा, इटालियन सिरि ए र जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो भइसकेको छ ।

स्पेनमा रियल मड्रिड, इटालीमा इन्टर मिलान र जर्मनीमा बायर लेभरकुजनले घरेलु लिगको उपाधि चुमिसकेका छन् ।

तर विश्वमा सर्वाधिक लोकप्रिय मानिने इङ्लिस प्रिमियर लिगको उपाधि भने अझै छिनोफान भइसकेको छैन ।

उपाधिको छिनोफानोका लागि विश्वभरका समर्थकहरूले अन्तिम खेल नै कुर्नुपर्ने भएको छ ।

सबैभन्दा प्रतिस्पर्धात्मक मानिने इङ्लिस प्रिमियर लिगमा यो सिजन पनि त्यस्तै भएको छ ।

लिग कसले चुम्छ भन्ने टुंगो आइतबार राति ८ बजेर ४५ मिनेटदेखि एक साथ १० वटै खेल सुरु भएपछि मात्रै लाग्ने भएको छ ।

इङ्लिस प्रिमियर लिगको जारी सिजनको उपाधि भिडन्त नकआउट फुटबलको फाइनल जस्तै हुन पुगेको छ । किनभने उपाधि होडको अन्तिम दौडमा डिफेन्डिङ च्याम्पियन म्याचेस्टर सिटी र सन् २००३/०४ यता खाली हात रहेको आर्सनल छन् ।

उता लिभरपुल भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ । उसका प्रशिक्षक जुर्गेन क्लोप यो सिजन पनि उपाधिविहीन हुँदै क्लबबाट बाहिरिएका छन् ।

यस्तोमा आइतबार राति हुने लिगको अन्तिम अर्थात् ३८ औं चरणको खेलबाट लिग उपाधिको टुंगो लाग्ने भएको छ ।

लिगमा ३७ खेलबाट ८८ अंकसहित शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्यामको सामना गर्दैछ । यो खेल सिटीको घरेलु मैदानमा हुँदैछ ।

उता उपाधि होडका क्रममा वेस्टह्यामविरुद्ध सिटीको हारको कामना गरिरहेको आर्सनलले पनि एभर्टनलाई घरेलु मैदानमा स्वागत गर्दैछ । आर्सनल ३७ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा रहेका उपाधि जित्न उसले सिटीको हारको कामना गरेर मात्रै पुग्दै आफूले पनि स्पष्ट जित निकाल्नुपर्नेछ ।

सिटी लगातार तीन सिजनको च्याम्पियन हो । यस्तोमा सिटीले अन्तिम दिनको खेलमा वेस्टह्यामलाई हराए स्वत: उपाधि उसकै पोल्टमा जानेछ । बराबरी गरे आर्सनलको नतिजा कुर्नु पर्छ । आर्सनल पराजित भएमा उपाधि स्वतः सिटीले जित्ने छ । यदि सिटीले हारेर आर्सनलले स्पष्ट जित निकालेमा मात्रै उपाधि लण्डनमा बस्नेछ ।

सिटी लगातार चौथोपटक उपाधि जित्न तम्तयार रहँदा आर्सनललाई २० वर्षदेखिको उपाधिको खडेरी तोड्नुछ । यदि सिटीले जितेमा इङ्ल्यान्डमा माथिल्लो डिभिजनको सय वर्ष पुरानो इतिहासमा लगातार चार पटक उपाधि जितेको कीर्तिमान बन्ने छ ।

पेप ग्वार्डिओलाको कमानमा रहेको सिटीले गत सिजन ट्रिबल जितेर कीर्तिमान बनाएको थियो । यस पटक लिग उपाधि जिते उनले अर्को दुर्लभ कीर्तिमान बनाउने छन् ।

सिटीले आफ्नो शानदार लयलाई कायम राख्ने क्रममा ३७ औँ चरणको खेलमा टोटनहमलाई हराएको थियो । जुन खेलमा सिटीको हारको कामनामा आर्सनल र उसका फ्यान थिए । सिटीले टोटनहमलाई हराएसँगै एस्टन भिल्ला तालिकाको चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिग खेल्ने भएको छ ।

Previous Post

अत्याधिक समय फोनमा बिताउने बच्चाहरुलाई स्वास्थ्यमा समस्या

Next Post

शंकाको भरमा श्रीमतीको गुप्तांगमा फलामको किला ठोकेर ताला लगाइदिए !

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k
Next Post

शंकाको भरमा श्रीमतीको गुप्तांगमा फलामको किला ठोकेर ताला लगाइदिए !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.