HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिनावारीको समयमा कालो रगतको ढिक्का किन बग्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र सुक्ने बेलासम्म हरेक महिना नियमित हुनु राम्रो मानिन्छ ।

सामान्यतया महिनावारीमा तीनदेखि पाँच दिनसम्म रक्तस्राव हुन्छ । पेट दुख्ने, ढाड दुख्ने, मुड बदल्ने जस्ता लक्षण देखिन्छन् । कहिलेकाहीं महिनावारीको समयमा बढी रक्तस्राव हुन्छ । कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने र ढिक्काको रुपमा निस्कने पनि हुन्छ । अब प्रश्न उठ्छ रगत जम्नु र ढिक्काको रुपमा निस्कनु सामान्य हो कि कुनै रोगको संकेत ?

 

 

महिनावारीमा पाठेघरले भित्र जम्मा भएको तहलाई बाहिर निकाल्छ । जसले गर्दा ढिक्काको रुपमा यो बाहिर निस्कन्छ । यदि महिनावारीको समयमा आउने रगतको ढिक्का आकारमा ठूलो छैन भने आत्तिनु पर्दैन । यो पाठेघरबाट निस्कने एक प्रकारको तन्तु हो । कहिलेकाहीं महिनावारीको समयमा यस्तो समस्या देखा पर्छ ।

यसमा चिन्ता लिनु पर्दैन तर महिनावारीको समयमा नियमित रूपमा रगत जमेको देखियो र ठूलो आकारको ‘क्लट’ (ढिक्का) निस्कियो भने चाहिं चिकित्सकको परामर्श लिनुपर्छ ।

यदि कुनै महिलालाई महिनावारीको समयमा क्लट भएको छ भने यसको अर्थ अत्यधिक रक्तस्राव हुन्छ । जसकारण शरीरमा रगतको कमी हुन सक्छ र संक्रमणको जोखिम पनि निकै बढ्छ । महिनावारीको समयमा रगत जम्छ भने त्यसको कारण पाठेघरको आकार बढ्छ ।

महिनावारीको समयमा रगत जम्ने कारण

गर्भाशयमा अवरोध

गर्भाशयमा अवरोध हुँदा रगत जम्ने र ढिक्काको रुपमा आउने गर्छ । पाठेघरको अवरोधका कारण पाठेघरको संकुचन हुने क्षमता कमजोर हुन्छ । जब पाठेघर राम्ररी संकुचन हुँदैन, तब रगत जम्मा हुन थाल्छ र ढिक्काको रुपमा निस्कन्छ ।

पाठेघरमा गाँठो भएको लक्षण

महिनावारीको समयमा पाठेघरमा गाँठो भएका कारण महिलामा रगत जम्ने सम्भावना हुन्छ । यो एक गैरक्यान्सर ट्युमर हो, जुन शरीरमा हार्मोनल परिवर्तनका कारण हुन्छ ।

रजोनिवृत्ति

रजोनिवृत्तिका कारण पनि महिनावारीको समयमा रगत जम्ने समस्याको सामना गर्नुपर्छ । यस्तो अवस्थामा महिलाले तुरुन्तै जाँच गर्नुपर्छ ।

पाठेघरको क्यान्सरको लक्षण

पाठेघरको क्यान्सरले पनि महिनावारीको समयमा रगत जम्न सक्छ । यदि महिनावारीमा रगतको ठूलो ढिक्का देखा पर्छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

हार्मोनको असन्तुलन

शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन हार्मोनको स्तर कम हुँदा पनि कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने समस्या हुनसक्छ । यो अवधिमा अत्यधिक रगत बग्ने गुनासो पनि हुन्छ ।

गर्भपातको लक्षण

यदि गर्भवती महिलामा रगत जमेको छ भने यसले गर्भपात भएको संकेत गर्छ । प्रारम्भिक गर्भावस्थामा केही महिलाले महिनावारीको समयमा रगत जम्ने अनुभव गर्न सक्छन् । यो एक गम्भीर संकेत हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकसँग तुरुन्त परामर्श लिनुपर्छ ।

Previous Post

सौचालय जाने क्रममा भक्तपुरमा एक महिलाको मृत्यु

Next Post

विपक्षी दलहरू तयार भए, गृहमन्त्रीको जवाफ सुन्न

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

विपक्षी दलहरू तयार भए, गृहमन्त्रीको जवाफ सुन्न

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.