भक्तपुर — शौचालय जाने क्रममा लडेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा डेरा गरी बस्ने खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ की ४६ वर्षीय जमुना भट्टराईको मृत्यु भएको हो ।
उनी शुक्रबार अपरान्ह साढे ३ बजे शौचालय जाने क्रममा घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा शनिवार बिहान साढे ५ बजे उनको निधन भएको भक्तपुर जिल्ला प्रहरी परिसरका डिएसपी राजन कार्कीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







Discussion about this post