देशको तराईका भूभागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
तर, खासमा लु के हो र यसबाट कसरी बच्ने भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । जसका कारणले गर्दा हामीले यसका बारेमा समयमै सतर्कत अपनाउन नसक्दा विभिन्न किसिमका स्वास्थ्य समस्या झेल्नुपर्ने हुन्छ
रकारले अधिक गर्मी हुने ठाउँमा सतर्कता अपनाउन अनुरोध गरेपनि जनसाधारणमा यसको बारेमा उपर्युक्त जानकारी हुन नसक्दा पनि समस्या बढेको पाइन्छ । सामान्यतया गर्मी बढेसँगै तातो हावा चल्न थाल्छ । सोही हावाका कारण निम्तने समस्या नै ‘लु’ हो ।
के हो ‘लु’ ?
नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रमलगातार पाँच दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने सम्भावना हुन्छ । ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ ।
कसरी लाग्छ ?
अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ । ‘लु’ लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ ।
तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।
यसबाट कसरी बच्ने ?
बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिले काहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।







Discussion about this post