HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

करातेमा नेपालको अबस्था नाजुक

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता पनि कराँते, तेक्वान्दो लगायतका खेलहरुमा नेपालको प्रस्तुति कमजोर देखिँदै आएको छ । आखिर के कारणले यस्ता खेलहरुमा नेपालले उल्लेख्य प्रगति गर्न नसकेको होला ? कतै खेलकूद क्षेत्रको नेतृत्वकै कमजोरी त यसमा जिम्मेवार छैन ? यसबारे बहस जरुरी देखिएको छ ।

विश्व कराँते महासंंघको अफिसियल वेभसाइटमा नेपाली कराँते खेलाडीको उपस्थितिको शून्य छ । गएको एसियाली खेलकुदमा एरिका गुरुङले नेपालको तर्फबाट कराँतेमा रजत पदक जितेकी थिइन् ।

एक प्रशिक्षकका अनुसार ओलम्पिक खेल महोत्सव अन्तरगत ( एसियाड र साग) को परिणाम कराँते महासङ्घ अन्तरगत समावेश गरिएको छैन जसले गर्दा पनि बरीयतामा नेपालको अवस्था खराब भएको हो । ती प्रशिक्षकले त्यसो भनिरहँदा पनि बारम्बार कम्ब्याट खेलको रटान लगाउने नेपाली खेलकुद अधिकारीले ती खेलमै नेपालको अवस्थाबारे सही पहिचानमा समेत आनाकानी गरिरहेको देखिन्छ ।

विश्व कराँते महासङ्घका प्रतियोगिताहरुमा नेपालको कमजोर उपस्थितिले कम ब्याट खेलमै नेपालको अवस्थालाई दर्साउँछ । चाहे ती खेलका अधिकारीले विगतको इतिहासमा जस्तोसुकै गर्व गरुन् ।
केही खेलाडी त्यस बरीयतामा नभएका भने होइनन् । कराँतेको महिला ५० केजीमा एलिना बिके २४२ औं स्थानमा छिन् ।

अन्तर्राष्ट्रिय कराँतेको बरीयतामा नेपालको उपस्थिति एकदमै कम छ । विश्व तेक्वान्दोको अफिसियल साइटका अनुसार तेक्वान्दोको ओलम्पिक बरीयतामा ५८ केजीमा सुमित विष्ट ३०९ औं स्थानमा छन् ।

यसैगरी, सबैभन्दा उत्कृष्ट स्थानमा ६८ केजीमा वीरबहादुर महरा १५७ औं स्थानमा छन् ।

तेक्वान्दोमा पनि उस्तै

अन्य स्पर्धामा नेपालको अवस्था हेर्दा तेक्वान्दोमा पनि सन्तोषजनक देखिँदैन । ८० केजीमा अभिषेक बराल ३८० औं स्थानमा तथा महिला ४९ केजीमा अञ्जली तामाङ २०६ औं स्थानमा छन् । घरेलु प्रतियोगितामा धेरै खेलाडीको प्रतिस्पर्धा रहने सो स्पर्धामा युनिसा राई २८२ औं तथा काजल श्रेष्ठ ३३१ औं स्थानमा छन् ।

यसैगरी ५७ केजीमा आयशा लामा १७० औं र कञ्चन थापा ३४४ औं स्थानमा छन् ।

सबै भन्दा उत्कृष्ट स्थानमा इन्दिरा बस्नेत छिन् । ६७ केजीमा प्रतिस्पर्धा गर्ने उनी ९७ औं स्थानमा छिन् ।

अन्य खेलको अवस्था

पुम्सेमा भने नेपालको अवस्था केही सन्तोषजनक देखिएको छ । पुरुष ३० वर्ष भन्दा कममा प्रेमबहादुर लिम्बुको वरियता ६० औं छ । सो स्पर्धामा शिशिर श्रेष्ठ पनि बरीयतामा अटाएका छन् । उनको वरीयता ७८ औं छ ।

४० वर्ष मुनिको स्पर्धामा भने कमल श्रेष्ठ ३६ औं तथा थानेश्वर दर्लामी ९५ औं स्थानमा छन् । यसैगरी जगन्नाथ अधिकारी १२० आंै स्थानमा छन् भने आशीष चन्द १२६ औं स्थानमा छन् ।

महिलातर्फ ३० वर्ष मुनिको बरीयतामा पार्वती गुरुङ ६४ औं तथा स्वस्तिका तामाङ १६७ औं स्थानमा छन् । महिला ४० वर्ष मुनिको स्पर्धामा आयशा शाक्य ६३ औं स्थानमा छिन् ।

बक्सिङको महिलातर्फको बेन्टम वेटमा मिनु गुरुङ ८० औं स्थानमा छिन् । उनी गत एसियाली खेलकुदको स्वर्ण पदक विजेतासमेत हुन् । यसैगरी लाइट वेटमा पुनम रावल ५२ औं स्थानमा छिन् । लाइट मिडिलमा सरस्वती राना ५५ औं स्थानमा छिन् । महिला बक्सिङमा यो उपस्थिति सामान्य हो ।

पुरुष ५४ केजीमा रविन थापा ५४ औं स्थानमा छन् । लाइट वेटमा भूपेन्द्र थापा ८० औं स्थानमा छन् । वेल्टरमा सनिल शाही ८७ औं स्थानमा छन् ।

खेलकूदको नेतृत्व सधैं विवादमा

नेपाली खेलकुदमा विनाकुनै आधार हचुवामा आगामी लक्ष्य भनेर सस्तो लोकप्रियता खोज्ने प्रचलन पुरानै हो । २०६२/६३ को आन्दोलनपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव भएका जीवनराम श्रेष्ठले पनि त्यही परम्परालाई निरन्तरता दिए । उनले त्यसै समयमा भिजन ट्वान्टी ट्वान्टी भन्दै टोकियो ओलम्पिकमा पदकको सपना बाँडेका थिए ।

हाल श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष छन् । खेलकुदका सबै भन्दा धेरै विकृति पनि ओलम्पिकभित्रै छन् । सबै भन्दा आश्चर्य त ओलम्पिक कमिटीको जिम्मेवार तहमा बसेका संघका अध्यक्षहरू नै उनीहरूको संघमा सबै भन्दा धेरै आलोचित रहे ।

संघ नेतृत्वलाई जोगाएर खेलकुदलाई पछि धकेल्ने कामको नेतृत्व नै श्रेष्ठले गरेको आरोप धेरै जनाको छ । चाहे त्यो नेपाल उसु महासङ्घको वीर बहादुर तामाङको हकमा होस् या नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यको हकमा होस् ।

आगामी एसियाडमा स्वर्ण पदक जित्ने लक्ष्य भन्दा वर्तमान सदस्य सचिव टंकलाल घिसिङले भनिरहँदा खेलकुदका सामान्य कुरा पनि पूरा हुन सकेका छैनन् । नेपाल उसु महासंघको विवाद अझै छ । आफैंले प्रमाणपत्र दिएको उसु महासंघको नेतृत्वलाई खुलेर साथ दिन सदस्य सचिव हिच्किचाएका छन् ।

नेपाल ओलम्पिक कमिटी कुनै पनि हालतमा टेबल टेनिस संघको अध्यक्षमा वैद्यलाई निरन्तर राख्न चाहन्छ । यसका बाबजुद सदस्य सचिवले निर्वाचन गराएर सही नेतृत्व ल्याउन आनाकानी गरेको असन्तुष्ट पक्षको आरोप छ ।

नेपाली टेबल टेनिस संघको यो विवादलाई नजिकबाट नियाल्ने एक कर्मचारी भन्छन्, ‘परिषद् सदस्य सचिव घिसिङको कमजोर मानसिकता नै समस्याको कारक हो ।’

अहिले नेपाल ओलम्पिक कमिटीले जतिसुकै अलोकप्रिय भए पनि केही व्यक्तिलाई साथ दिने गरेको छ । उनीहरू अध्यक्ष नभए मान्यता नदिने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाइने तर्क अघि सारिने गरिएको छ । जबकि ओलम्पिक कमिटीकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाइने अवस्था रहँदैन ।

Previous Post

लामखुट्टेले बढि कस्ता मानिस लाई टोक्छ ? जान्नुहोस यस्ताे छ कारण,

Next Post

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?, यस्ताे छ शास्त्र

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k
Next Post

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?, यस्ताे छ शास्त्र

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.