रौतहटको कटहरिया नगरपालिका ४ बाट ४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने एकदर्जन सुँगुर चोरी भएको छ । गएराति अज्ञात समूहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोरबाट एक दर्जन सुँगुर चोरी लगेका हुन् ।
श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराति मदिरासहितको भोजको आयोजना गरिएको थियो । आफन्त, स्वजातियहरु तथा बाहिरबाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए ।
आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन् । चोरी भएको जानकारी पाउना साथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका थिए तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन् ।
चोरी भएको सुँगुरको बजार मूल्य चार लाख २० हजार रुपैयाँभन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताए । यसैबीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिइसकेको उनले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोज तलास सुरु गरेको बताएका छन् ।







Discussion about this post