HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जन्मिनेबित्तिकै देखिन सक्ने बच्चा समस्या के हुन् ? कसरी गर्ने?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बच्चा जन्मिएपछि पहिलो तीन महिना संवेदनशील हुन्छ। आमाबाबु र परिवारका अन्य सदस्यहरूले बच्चाको स्वास्थ्य अवस्थ्याको अवलोकन गरिरहन महत्वपूर्ण हुन्छ। साथै समस्या देखिएलगत्तै समाधानका उपायहरू खोज्न र बच्चाको उपचारमा ध्यान दिन पनि उति नै आवश्यक हुन्छ।

मेरा अघिल्लो लेखमा जस्तै यसमा पनि मैले भर्खर जन्मिएको शिशुको स्वास्थ्य अवस्थामा देखिन सक्ने सम्भावित मुख्य समस्याहरू र तिनका समाधानका उपायबारे लेखेको छु।

बच्चा जन्मिनुअघि आमाबाबु बच्चाका समस्याहरूबारे परिचित हुँदैनन्। घरमा जानेबुझेका अभिभावक भए सिकाउने र आफ्ना अनुभवहरू बताउने भए भने सहजै होला। छैनन् भने अलमल्ल परिन पनि सक्छ।

त्यसो कतिपय कुराहरू गरेर जानिने भए पनि नयाँ कुराहरू पढेर पनि जान्नुपर्ने हुन्छ। विज्ञान र अनुसन्धानबाट बालबालिकाको स्वास्थ्य र जीवन सुरक्षामा आवश्यक महत्वपूर्ण जानकारीहरू प्राप्त भएका छन्। अनुसन्धानकै आधारमा बालबालिकाको समस्याका कारण पत्ता लगाई उपचार विधिहरू अपनाइन्छ। त्यसैले यी नयाँ जानकारी पनि लिन जरूरी हुन्छ।

नेपाली समाजमा अभिभावक र घरका अन्य सदस्यबाट बच्चाको रेखदेख र उपचारमा सहयोग मिल्छ। तर पनि बच्चाको स्वास्थ्यको मुख्य जिम्मेवारी आमा र बाबुकै हुन्छ। नयाँ जीवनको आगमनमा आमा स्वयं पनि बच्चाको अवस्थामा अपरिचित र असुरक्षित महशुस गर्न सक्छिन्। त्यसमा पनि हरेक जन्म, हरेक बालबालिकाका स्वभाव, अवसर र समस्याहरू फरकफरक हुन सक्छन्। त्यसैले बच्चा अलि ठूलो, ५-६ वर्ष नपुगुन्जेल बच्चालाई चिन्ने, बुझ्ने र आधारभूत आवश्यकता परिपूर्ति गर्ने भूमिका र जिम्मेवारी बाबुको पनि उत्तिकै रहन्छ।

आमाबाबु दुबैले बच्चालाई बुझ्ने सयुंक्त प्रयास गरे बच्चा हुर्काउन धेरै सहज हुन्छ। नवजात शिशुका समस्याहरू धेरै हुन सक्छन्। यो लेखमा भने म धेरैजसो बालबालिकालाई देखिने समस्याका बारेमा चर्चा गर्नेछु। कतिपय थाहा नभएका र अनिश्चित लाग्ने कुराहरू भए स्वास्थ्यकर्मीसँग परामर्श लिन राम्रो हुन्छ।

बच्चाको नाइटो: बच्चा जन्मिनेबित्तिक्कै ध्यान पुर्‍याउनु पर्ने कुरा बच्चाको नाइटो हो। बच्चा नजन्मिँदा त्यही नाइटोबाट सम्पूर्ण पदार्थ आमाबाट प्राप्त गर्छ। जन्मिनेबित्तिक्कै आफ्नो फोक्सो प्रयोग गरी अक्सिजन लिने र पौष्टिक पदार्थहरू मुखबाट खान सुरू गर्छ।

बच्चा जन्मिनेबित्तिक्कै काट्नुभन्दा केही मिनेट पर्खिएमा नाइटोमा जम्मा हुने रगत बच्चामा सर्ने र शिशुमा रगतको कमी देखिने समस्या कम आउने देखिएको छ।

त्यस्तै नाइटो काटेपछि दुई हप्ताभित्र आफैं प्राकृतिक रूपमा झर्नुपर्छ। उमालेर मनतातो बनाएको पानी र रूवाले नाइटो दिनहुँ सफा गर्नुपर्छ। नभए संक्रमणको डर हुन्छ। थोरै रगत या पानी आउनु र अलिअलि गन्ध आउनु सामान्य हो। शिशुलाई पहिलो दुई हप्ताभित्र ज्वरो आएमा नाइटोको संक्रमण भएर त होइन भनेर सतर्क रहनुपर्छ र स्वास्थ केन्द्र या अस्पताल पुर्‍याइहाल्न आवस्यक हुन्छ।

दिसाको रूपरङ: बच्चा जन्मिनेबित्तिकै अलमल पर्न सकिने अर्को कुरा उसको दिसा र दिसा गर्ने समय हो। बच्चाको पाचन प्रणाली विकसित भइसकेको हुँदैन। त्यसैले सामान्यतया जति पटक खायो, उति नै पटक दिसा गर्छ। यसलाई अत्यन्तै सामान्य मान्नुपर्छ। दिसाको रङ पहेँलो र हरियो हुन्छ र त्यो पनि सामान्य हो।

भर्खर जन्मेको बच्चाले धेरै पटक र पातलो दिसा गर्‍यो भनेर पनि चिन्ता गर्नु पर्दैन।

समय बढ्दै जाँदा बच्चाले अलि ढिलो दिसा गर्न थाल्छ। जन्मिएको एक महिनाभित्रमै बच्चालाई दिनमा दुईदेखि तीन पटक मात्र दिसा गर्दा पुग्ने हुन्छ। कतिपय बच्चालाई दिसा धेरै लाग्नुको कारण गाईभैंसीको दूध खुवाएर एलर्जी पनि भएको हुन सक्छ। आमाको दूध पिउने बच्चालाई प्रशस्त पानीको मात्रा हुने भएकाले पेट साह्रो हुने समस्या कम हुन्छ।

नवजात शिशुहरूमा सामान्यतया पिसाबमा समस्या देखिँदैन। जति धेरै दूध खायो उति नै धेरै पिसाब गर्नु स्वाभाविक हो।

रूघा लाग्नु र नाक टालिनु: नवजात शिशुलाई रूघा लागेर नाक टालिने समस्या सामान्यतया हुन सक्छ। बच्चालाई ज्वरो आएको छैन र दूध खाइरहेको छ भने चिन्ता लिन आवश्यक छैन। तर सिँगानले नाक थुनिएर टालिन सक्छ र बच्चालाई सास फेर्न अप्ठ्यारो पर्न सक्छ। नाक टालिन लागेको बुझेपछि उमालेर मनतातो बनाइएको पानीमा थोरै नुन मिसाएर दिनमा दुई/तीन पटक नाकमा हालिदिँदा खुल्न सक्छ। दूध खुवाउनुअघि नुनपानी हालिदिँदा बच्चाले दूध चुस्दै गर्दा नाक खुल्ने सम्भावना बढी हुन्छ।

नाक कोट्याउने या केही औजार प्रयोग गरेर सिँगानका टुक्रा झिक्नतिर पटक्कै लाग्नु हुँदैन। बच्चाको नाकभित्रको भाग धेरै संवेदनशील हुने भएकाले दुर्घटना हुन सक्छ।

छालामा देखिने समस्या: बच्चाको शरीरको छाला सुख्खा हुन्छ। तेल दल्ने र मसाज गर्नाले छाला सुख्खा हुनबाट बचाउँछ र नरम बनाउँछ। बच्चाको गाला या घाँटीमा सेतो बिबिरा देखिन सक्छन्। ती आफैं हराउने हुन्छन्। शरीरमा निस्किने राता बिबिराहरू भने बच्चाको शरीरमा तापक्रम बढी भएर हो। धेरै बाक्लो लुगा लगाएको छ भने अलि पातला लुगा लगाइदिनुपर्छ। वा जिउ अलि चिसो बनाइदिने गरेमा राता बिबिरा आफैं हट्छ।

बच्चाको नितम्ब वरिपरि धेरै रातो भएको छ भने सुरूमा छाला नरम बनाउने मलम लगाउनुपर्छ। त्यसो गर्दा पनि नभए ‘फंगल इन्फेक्सन’ भएको पनि हुन सक्छ। स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उपचार गर्नुपर्ने पनि हुन सक्छ।

बच्चाको टाउको: भर्खर जन्मिएको बच्चाले टाउको अड्याउन सक्दैन। टाउको विकसित नभइसकेकाले टाउकोको बीचदेखि अलि अघिको भाग एकदमै नरम र गिलो महसुस हुन सक्छ। बच्चा एकदेखि दुई वर्षको हुँदासम्म त्यो पुरिइसक्छ। टाउको विकसित हुन समय लाग्छ। विकसित नहुन्जेल टाउको लल्याकलुलुक हुन्छ। संवेदनशील पनि भएकाले दुवै हातको पन्जाको बीचमा घाँटी र टाउको दुइटै एकैचोटि भेट्ने गरी समातेर उचाल्नु राम्रो हुन्छ।

अरू संक्रमणहरूः सामान्यतया आमाले खुवाएको दूधबाट बच्चाले रोग प्रतिरोधात्मक शक्ति धेरै नै पाएको हुन्छ। यद्यपि बच्चा जन्मेको पहिलो महिनामै केही भाइरसको संक्रमण भयो भने खतरापूर्ण हुन्छ। त्यसैले पहिलो महिना सकेसम्म घरका सदस्यबाहेक अन्य मानिसहरूसँग नभेटाउनु उपयोगी हुन्छ।

घरमा कोही बिरामी भएमा बच्चासँग सम्पर्कमा नआउने र आमाबाबु नै बिरामी भएमा हातको सरसफाइ राम्रो गर्नुपर्छ। खोक्दा सावधानी अपनाउनुपर्छ। आमा नै बिरामी भएको अवस्थामा बच्चालाई दूध खुवाउने बाहेकको हेरचाह बुवा या परिवारका अरू सदस्यले गर्नुपर्छ।

त्यसो त बच्चालाई अन्य समस्या पनि देखिन सक्छ। आँखा रातो हुने र कचेरा पर्ने हुन सक्छ। सामान्यतया मनतातो पानीले सफा र नरम कपडा प्रयोग गरी दैनिक ३-४ चोटि सफा गर्नाले ती समस्या सुल्झिन सक्छन्।

खुट्टाको नङ च्यापिएर बच्चालाई संक्रमण हुन सक्छ। मनतातो पानीले सफा गर्दा रोक्न सहयोग पुग्छ।

आफूले सकेको र जानेका कुराहरू गर्दागर्दै पनि ठीक नभए स्वास्थकर्मीकहाँ पुर्‍याइहाल्न आवश्यक हुन्छ। विशेष गरी ज्वरो आउनु चाहिँ डराउनुपर्ने लक्षण हो। त्यस्तो अवस्थामा तुरून्तै उपचार गराइहाल्नुपर्छ।

Previous Post

नियमित योग गरे बाँझोपन र डिप्रेसन हट्छ, कुन–कुन योगासन गर्ने ?

Next Post

आज बढ्यो सुनको मूल्य तोलामा २३ सय रुपैयाँ ,कतिमा हुदै कारोबार ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

आज बढ्यो सुनको मूल्य तोलामा २३ सय रुपैयाँ ,कतिमा हुदै कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.