HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नियमित योग गरे बाँझोपन र डिप्रेसन हट्छ, कुन–कुन योगासन गर्ने ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी- योग साधनाबाट जीवन र स्वास्थ्यमा थुप्रै फाइदा प्राप्त गर्न सकिन्छ भन्ने कुराको उदाहरण प्रसस्त हामीले देखेका छौँ ।
नियमित योग साधनाले गर्भपतन पनि रोकिने तथ्य पत्ता लागेको छ । यस्तै पुरुषको प्रजनन् क्षमता बढ्ने छ ।

यसका साथै आनुवांशिक कारणले हुने डिप्रेसनका लागि पनि योगले एक थेरापी सरह काम गर्ने छ । हालै गरिएको दुई अध्ययनले यी कुराहरु पत्ता लगाएको हो । योगले बाँझोपन, आनुवांशिक डिप्रेसन र रुमेटाइड अर्थराइटिसजस्ता समस्यालाई थेरापीको रुपमा काम गर्ने अध्ययनले देखाएको छ ।

योगका कारण परिवारमा खुशी

योगले पुरुषमा भएको बाँझोपनको समस्यालाई पनि समाधान गर्न सक्छ । योगसँग बाँझोपनको सम्बन्ध बुझ्नका लागि कयौँ अनुसन्धान पनि भइरहेको छ । पछिल्लो अध्ययन २० हप्ता भित्र तीन या सोभन्दा बढी गर्भपतन भएका महिलाका पतिमाथि गरिएको थियो । ३० पुरुषमाथि उक्त अध्ययन २१ दिनसम्म गरिएको थियो । यसबाट अचम्मित पार्ने परिणाम हात लागेको थियो । योग तथा मेडिटेसन गर्ने पुरुषमा सकारात्मक प्रभाव देखिएको थियो । पुरुषमा भएको बाँझोपनको समस्यामा सुधार हुँने र महिलाले गर्भधारण गर्न सफल भएका छन् । अध्ययनले पुरुषको प्रोगेसिप मोटेलिटीमा वृद्धि तथा डीएनए र आएनएमा सुधार भएको देखाएको छ ।

कुन योगासनले बाँझोपनलाई हटाउँछ ?

अध्ययनका क्रममा ३० पुरुषलाई २१ दिनसम्म हरेक दिन एक घण्टा फरक–फरक योगासन तथा मेडिटेशन गराइएको थियो । यसमा १० आसन तथा ५ तरिकाको प्राणायाम गर्न लगाइएको थियो । अध्ययनका क्रममा उनीहरुलाई सूर्य नमस्कार, तान्डासन, अर्ध चक्रासन, वृक्षासन, पादहस्तासन, पश्चिमोत्तानासन, भुजन्गासन, मत्यासन, कपालभाती, भ्रामरी र शवासन गराइएको थियो । आसनहरुको मद्दतले शुक्रकिटमा वृद्धि हुँदा महिलामा गर्भधारणको सम्भावना बढेको देखिएको थियो । यसक्रममा गरिएको अध्ययनपछि सातजना महिलाले सामान्य रुपमा स्वस्थ बच्चा जन्माएका थिए ।

योगबाट डिप्रेसन पनि निको हुन्छ ।

योगको फाइदा एक प्रकारको मात्रै छैन । यसको प्रभावले मानसिक तनाव डिप्रेसन पनि निको हुने अध्ययनले देखाएको छ । पछिल्लो समय डिप्रेसनका कारण थुप्रै मानिसहरु पीडित भइरहेका हुन्छन् । यो एउटा बिरामको रुपमा नै फैलँदै गएको छ । केही परिवारमा भने आनुवांशिक रोगको रुपमा पनि यो देखा पर्दछ ।

डिप्रेसनले दिमागका साथै शरीरको अन्य भागलाई पनि प्रभावित गर्दै लैजान्छ । नियमित योग गर्नाले डिप्रेसनबाट छुट्कारा मिल्ने अध्ययनले देखाएको छ । यस मामिलामा डिप्रेसनबाट बच्नका लागि सूर्य नमस्कार, शवासन, उत्तानपादासन, पवनमुक्तासन, वक्रासन गर्नुका साथै शान्ति मन्त्र तथा ध्यान गर्न आवश्यक हुन्छ ।

योगसँगै औषधि पनि लिन आवश्यक छ ?

औषधिका साथै नियमित रुपमा योग गरेमा छोटो समयमै धेरै लाभ प्राप्त हुनेछ । १२ हप्तासम्म गरिएको एक अध्ययनले यो कुराको पुष्टि गरेको हो । साइकेट्रिक अर्थात मनोविज्ञान विभागमा उपचार गराईरहेका १ सय ६० जना बिरामीमाथि यो अनुसन्धान गरिएको थियो । जसमा आनुवांशिक तथा अन्य कारणले बिरामी भएका व्यक्तिलाई सामेल गराइएको थियो । यिनीहरुलाई ८०–८० जनाको दुईवटा समूह बनाइएको थियो । जसमा एउटा समूहकालाई औषधि मात्रै सेवन गर्न दिइएको थियो भने अर्को समूहकाहरुलाई औषधिका साथै योग गराइएको थियो ।

अनुसन्धानको नतिजा आउनु पूर्व अध्ययन पश्चात दुवै समूहका व्यक्तिहरुको रगतको नमूना लिइएको थियो । रगत परीक्षणको नतिजा सबैलाई चकित पार्ने खालको आएको थियो । नतिजाअनुसार औषधि मात्रै सेवन गर्नेहरुमा २९ प्रतिशतमात्रै बिराममा सुधार आएको थियो भने औषधि र योग एक साथ गर्नेहरुमा ६० प्रतिशत सुधार देखिएको थियो ।

Previous Post

गर्मी मौसममा यस्तो कपडा लगाउनुहोस्

Next Post

जन्मिनेबित्तिकै देखिन सक्ने बच्चा समस्या के हुन् ? कसरी गर्ने?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

जन्मिनेबित्तिकै देखिन सक्ने बच्चा समस्या के हुन् ? कसरी गर्ने?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.