HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वार्षिक राशिफल २०८१ सालको

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिको लागि वि. सं २०८१ साल शुभ फलदायक रहेको छ । बृहस्पति, शनि र केतु शुभ रहनाले सुखसँग जीवनयापन गर्न सकिने छ । आम्दानी बढ्ने, आम्दानीका नयाँ अवसर प्राप्त हुने र नयाँ कामको सुरुवात हुनेछ । राहु अशुभ रहनाले अनावश्यक खर्च बढ्‌ने र मुद्दामामिला आदि झमेलामा फस्नु पर्नेछ । वैशाखमा स्थान परिवर्तन र यात्रा, जेठमा हानिनोक्सानी बढ्ने, असारमा धन प्राप्त र सुख हुने, श्रावणमा स्वास्थ्य समस्या, भाद्रमा आर्थिक सङ्कट, आश्विनमा शत्रुमाथि विजय, कार्तिकमा धननास, मंसिरमा स्वास्थ्यसम्बन्धी समस्या, पुसमा पापकर्ममा मन बढ्ने, माघमा काम बन्नुका साथै धनलाभ हुने, फागुनमा अप्रत्याशित धन लाभ भएपनि चैत्रमा धननाश र पीडाका साथै डरत्रासको अवस्था सिर्जना हुनेछ । पठनपाठन अधुरै रहने सम्भावना बढेको छ । नोकरीमा मान बढ्नेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै प्रशस्तै लाभ हुनेछ । यस वर्ष धार्मिक तीर्थस्थलहरूको यात्राका साथै परिवारमा माङ्गलिक कार्य हुनेछ ।

 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिको लागि वि. सं २०८१ साल सामान्य फलदायी वर्ष रहेको छ । राहु एकादश रहनाले सुख-सन्तोष बढ्नेछ । शत्रु बढेपनि आफ्नौ जित हुनेछ । बृहस्पति शनि र केतु यस वर्ष प्रतिकूल रहनाले दुख बढ्नेछ । अनावश्यक धनको क्षति समेत हुनेछ । शत्रुहरूले दुःख दिनेछन् र विभिन्न अरिष्टको समेत भय रहेकोले उक्त ग्रहहरू शान्ति गर्नु राम्रो हुन्छ । वैशाखमा धन नास र पीडा, जेठमा स्थान परिवर्तन र लामो यात्रा, असारमा प्रतिकूल स्वास्थ्य र हानि, श्रावणमा सुख र धनप्राप्ति, भाद्रमा रोगभय, असोजमा आर्थिक सङ्कट, कार्तिकमा शत्रुनास र सुख, मङ्सिरमा यात्रा र खर्चवृद्धि, पुसमा स्वास्थ्यसम्बन्धी समस्या, माघमा पापकर्ममा मन जानाले मानहानि, फागुनमा हरेक काममा सफलता र सुख, चैतमा धनधान्य वृद्धिका साथै सुख सन्तोष मिल्नेछ । नोकरीमा स्थानान्तरणका साथै मानवृद्धि हुनेछ । आलस्य वृद्धिले पठनपाठन कमजोर रहने छ । वैदेशिक कामहरू अधुरै रहनेछन् । पशुव्यवसाय र सवारी साधनको नोक्सानी हुनेछ । यस वर्ष परिवारमा बढोत्तरी हुनेछ ।

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिको लागि वि. सं २०८१ साल सामान्य फलदायी वर्ष रहेको छ । राहु अनुकूल रहनाले शत्रुमाथि विजय प्राप्ति हुने र सुखसन्तोष मिल्नेछ । शनि, केतु, बृहस्पति अशुभ रहनाले भय, डर, त्रासले सताउने छ । धननाशका साथै पापकर्ममा मन बढ्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढ्‌नुका साथै तनाव दिनेछ । अशुभ फलदायी ग्रहहरूको शान्ति गर्नु राम्रो हुन्छ । वैशाखमा अप्रत्याशित धनलाभ, जेठमा दुःखकष्टसहित अत्यधिक खर्च, असारमा स्थान परिवर्तन र यात्रा, साउनमा हानि-नोक्सानी बढ्ने, भाद्रमा धनलाभ, असोजमा स्वास्थ्यसम्बन्धी समस्या, कार्तिकमा आर्थिक सङ्कट, मङ्सिरमा शत्रुनास, पुसमा मानहानी र पापकर्ममा मन जाने, माघमा स्वास्थ्यबारे चिन्ता, फागुनमा इर्ष्या-डाह गर्नेको सङ्ख्या वृद्धि र चैतमा हरेक काममा सफलता मिल्ने देखिन्छ । यस वर्ष नयाँ कामको थालनी र वैदेशिक यात्राको अवसर मिल्नेछ । पठनपाठनमा सफलता प्राप्त गर्न कठिन देखिन्छ । पशु व्यवसायबाट लाभ मिल्नुका साथै सामाजिक प्रतिष्ठा समेत मिल्नेछ ।

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिको लागि वि. सं २०८१ साल शुभ समय रहेको छ । बृहस्पति र केतु शुभ रहनाले पराक्रम बढ्‌ने, आफ्नो पेशाबाट प्रशस्तै लाभ हुने र सुखसमेत बढ्‌नेछ । तर यो वर्ष राहु र शनि अशुभ फलदायी रहनाले भय, डरत्रासको अवस्था रहने, शत्रुहरू बढ्‌ने, अनावश्यक खर्च बढ्‌ने र पापकर्म समेत मन जाने समय रहेको छ । अतः शुभ फल प्राप्तिका लागि शनि र राहुको शान्ति गर्नुपर्ने देखिन्छ । वैशाखमा धेरै काम बन्ने र सुख बढ्‌ने, जेठमा अप्रत्याशित धनलाभ, असारमा धननाशका साथै पीडा, साउनमा स्थान परिवर्तन र यात्रा, भाद्रमा हानी नोक्सानी बढ्ने, असोजमा शत्रुनाश र सुखप्राप्ति, कार्तिकमा स्वास्थ्य समस्या र मानहानी, मङ्सिरमा आर्थिक सङ्कटका साथै हानि, पुसमा शत्रुनाश र सुखवृद्धि, माघमा व्यर्थको यात्रा र धननाश, फागुनमा स्वास्थ्यबारे चिन्ता र चैतमा पापकर्ममा मन बढ्‌नाले मानहानि हुनेछ । यो वर्ष व्यापारबाट सामान्य लाभ हुने देखिन्छ । नोकरीमा मान बढ्‌नेछ । यो वर्ष दाम्पत्य सुखका साथै सन्तानसुख समेत मिल्नेछ ।

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिको लागि वि. सं २०८१ साल सामान्य समय रहेको छ । यो वर्ष बौद्धिक क्षेत्रका काम बन्ने र पठनपाठन राम्रो रहनेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । घरमा माङ्गलिक कार्यहरू हुनेछन् । बृहस्पति, शनि, राहु र केतु ग्रह यो वर्ष अशुभ फलदायी रहनाले आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य क्षेत्र पनि कमजोर रहनेछ । शत्रुहरूले दुःख दिनेछन् । साथै मानसम्मानमा समेत असर पर्ने भएकाले अशुभ फलबाट बच्न उक्त ग्रहहरूको दान, जप, पूजापाठ आदि शान्ति कर्म गर्नुपर्ने देखिन्छ । वैशाखमा मानहानि, जेठमा सुख बढ्ने र काम सफल हुने, असारमा धन र सुख मिल्ने, साउनमा धननाश सहित पीडा हुने, भदौमा यात्रा र स्थान परिवर्तन हुने, असोजमा नोक्सानी बढ्ने, कार्तिकमा सुख र धनलाभ हुने, मंसिरमा रोगले दुःख दिने, पुसमा आर्थिक सङ्कट, माघमा धेरै काम बन्नुका साथै धनलाभ समेत हुने, फागुनमा लामोयात्रा, खर्च वृद्धि र चैतमा पीडा र शत्रुहरू बढ्‌नेछन् । पशुपालन व्यवसाय, सामाजिक काम र नोकरी सन्तोषजनक रहेको छ ।

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिको लागि वि. सं २०८१ साल शुभ समय रहेको छ । बृहस्पति र शनि शुभ रहेकाले पठनपाठन राम्रो रहनेछ । धार्मिक कृत्यहरू बढ्‌नेछन् । भाग्य उदय हुने अवसर मिल्नेछ । सुख सन्तोष बढ्‌नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । तर यस वर्ष राहु र केतु अशुभ रहनाले आर्थिक सङ्कट, रोगभय र हानि नोक्सानी समेत बढ्‌नेछ । वैशाखमा स्वास्थ्यसम्बन्धी चिन्ता, शत्रु लाग्ने, जेठमा पापकर्ममा मन जाने र मान हानी हुने, असार र साउनमा काम बन्ने, सुख र धन वृद्धि हुने, भदौमा चोटपटकको डर, हानीनोक्सानी भएपनि असोजमा लामो यात्रा र स्थान परिवर्तन हुनेछ । कात्तिकमा धननास भएपनि मङ्सिरमा आकस्मिक धनलाभ, पुसमा पारिवारिक स्वास्थ्यमा खर्च वृद्धि, माघमा धननाश र सन्तानसम्बन्धी चिन्ता, फागुनमा सुख र शत्रुनाश र चैतमा लामो यात्रा गर्नुपर्ने र पारिवारिक समस्याले सताउनेछ । यो वर्ष व्यापार व्यवसाय, वैदेशिक क्षेत्र र नोकरीबाट राम्रो लाभ हुनुका साथै सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिको लागि वि. सं २०८१ साल मध्यम समय रहेको छ । राहु शुभ रहनाले आम्दानीका स्रोत बढ्‌ने, लक्ष्मी प्राप्त हुने र सुख सन्तोष मिल्नेछ। यो वर्ष बृहस्पति, शनि र केतु ग्रह अशुभ रहेकाले स्वास्थ्यमा पीडा, भयत्रास र शत्रुवृद्धि, चोटपटकको भय, धनहानि र सन्तानबाट समेत चिन्ता थपिनेछ। अतः शनि, गुरु र केतुको शान्ति गरेमा शुभ फल प्राप्त हुनेछ। यो वर्ष वैशाखमा लामो यात्रा र खर्च वृद्धि, जेठमा स्वास्थ्य सम्बन्धी समस्या र पारिवारिक चिन्ता, असारमा पापकर्ममा मन जानाले मानसम्मानमा असर पर्ने, साउनमा कार्य सफलता र सुख बढ्ने, भदौमा धन र सुख दुवै मिल्ने र असोजमा खर्च वृद्धि र पीडा खप्नुपर्नेछ। त्यस्तै कातिकमा स्थान परिवर्तन तथा यात्रा, मङ्सिरमा हानिनोक्सानी बढ्ने, पुसमा सुख प्राप्ति र अप्रत्याशित धनलाभ, माघना माननाश, स्वास्थ्यसम्बन्धी समत्त्या, फागुनमा आर्थिक सङ्‌कट र चैतमा सुखभोग वृद्धि र शत्रुनास हुनेछ। पठनपाठन कार्य यो वर्ष कमजोर र अधुरो रहेपनि वैदेशिक क्षेत्रको काम बन्नुका साथै लाभ समेत हुनेछ। नोकरी सामान्य रहेपनि व्यापारिक क्षेत्रबाट राम्रै लाभ मिल्नेछ ।

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिको लागि वि. सं २०८१ साल शुभ समय रहेको छ । बृहस्पति र केतु शुभ रहनाले सामाजिक क्षेत्र तथा नोकरीमा मान सम्मान मिल्नेछ। यशकीर्ति बढ्‌नुका साथै राम्रो आर्थिक लाभ समेत हुनेछ । तर यो वर्ष शनि र राहु अशुभ भएकाले शत्रुवृद्धि पीडा, भयत्रास र हानिनोक्सानी समेत खप्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी केही समस्या आएपनि पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय गर्ने व्यक्तिले राम्रो नाफा कमाउने छन्। सन्तान टाढिने र चिढिने चिन्ता रहेपनि वैदेशिक क्षेत्रबाट समेत अतिरिक्त लाभ मिल्नेछ। वैशाखमा सुखवृद्धि र शत्रुनाश, जेठमा खर्च वृद्धि र लामो यात्रा, असारमा पापकर्ममा मन जानाले इज्जतमा आँच आउने, साउनमा स्वास्थ्यसम्बन्धी चिन्ता, भाद्रमा कार्यसिद्धिका साथै सुख वृद्धि, असोजमा धनप्राप्ति, कात्तिकमा धननाश, मङ्सिरमा आँखासम्बन्धी समस्या र स्थान परिवर्तन, पुसमा हानि र खर्च वृद्धि, माघमा सुख वृद्धि र धनलाभ, फागुनमा स्वास्थ्यसम्बन्धी समस्या र मानहानि र चैतमा आर्थिक स‌ङ्कट व्यहोर्नु पर्नेछ ।

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिको लागि वि. सं २०८१ साल मध्यम समय रहेको छ । शनि शुभ रहनाले सुख बढ्‌नेछ । आर्थिक लाभका थुप्रै काम बन्नेछन्। तर यो वर्ष राहु, केतु र बृहस्पति अशुभ रहेकाले दुःख, आफन्तसँग बिछोड, शत्रुवृद्धि र स्वास्थ्यसम्बन्धी समस्याले समेत सताउने भएकाले शुभफल प्राप्तिका लागि उक्त ग्रहहरूको शान्ति गर्नुपर्ने देखिन्छ। नोकरीमा थुप्रै अपजस खप्नुपर्ने र स्थानान्तरण समेत हुनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुनेछ। यो वर्ष वैशाखमा हानी र आर्थिक सङ्‌कट, जेठमा शत्रुनाश र सुख प्राप्ति, असारमा धननाश र लामोयात्रा, साउनमा स्वास्थ्यका क्षेत्रमा खर्चवृद्धि, भदौमा मानहानि, असोजमा कार्य सफलता र सुख, कार्तिकमा अप्रत्याशित धनलाभ, म‌ङ्सिरमा खर्च वृद्धि र पीडा, पुसमा यात्रा र स्थान परिवर्तन, माघमा हानिनोक्सानी बढ्ने, फागुनमा सुख बढ्नुका साथै धन लाभ हुने र चैतमा मानहानिका साथै रोगले समेत दुःख दिनेछ। यो वर्ष व्यापारबाट सामान्य लाभ भएपनि पठनपाठन कार्यमा सफलता मिल्नेछ ।

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिको लागि वि. सं २०८१ साल शुभ समय रहेको छ । राहु र बृहस्पति शुभ रहनाले हरेक क्षेत्रबाट सुखको अनुभव मिल्नेछ। आम्दानी पनि कर्म अनुसारको हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ। तर केतु र शनि अशुभ रहेका कारण आर्थिक स‌ङ्कट भोग्नु पर्ने, पापकर्मतिर मन जाने र अशुभ खबरहरूले मनमा अशान्ति समेत हुने भएकाले शनि र केतुको शान्ति गर्नुपर्ने देखिन्छ। यो वर्ष वैशाखमा स्वास्थ्यसम्बन्धी समस्या र मानहानि, जेठमा धननास, शत्रुवृद्धि, असारमा शत्रुनास र सुखप्राप्ति, साउनमा लामो यात्रा र खर्चवृद्धि, भदौमा चिन्ता र रोग लाग्ने, असोजमा गलत काममा मन जानाले मान घट्‌ने, कार्तिकमा सुख र कार्य सफलता, मङ्सिरमा धनलाभ र सुख मिल्ने, पुसमा अत्याधिक धननाशले चिन्ता बढ्ने, माघमा यात्रा र स्थान परिवर्तन, फागुनमा हानिनोक्सानी बढ्ने र चैतमा अप्रत्याशित धनलाभ हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ भएपनि वैदेशिक क्षेत्रको काम भने अधुरै रहनेछ । पठनपाठनमा सफलता मिल्नेछ।

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिको लागि वि. सं २०८१ साल सामान्य फलदायी वर्ष रहेको छ। कृषि क्षेत्र र व्यापारबाट लाभ हुनेछ । वर्षारम्भमा आँखाको समस्याले सताउनेछ। अध्ययन अध्यापन कार्य मध्यम गतिमा चल्नेछ । वैदेशिक क्षेत्रका कामबाट राम्रो नाफा समेत मिल्नेछ। यो वर्ष वृहस्पति, शनि, राहु र केतु ग्रह अशुभ रहनाले पीडा, भय, धनहानि, निर्धनता जस्ता अशुभ फल बढ्ने हुनाले शुभफल प्राप्तिका लागि उक्त ग्रहहरूको शान्तिकर्महरू गर्नुपर्ने देखिन्छ । वैशाखमा आर्थिक लाभ, जेठमा स्वास्थ्यसम्बन्धी समस्या र मानहानि, असारमा धननाश, साउनमा शत्रुनास र सुख, भदौमा खर्चवृद्धि र लामोयात्रा, असोजमा रोगवृद्धि, कात्तिकमा पापकर्ममा बढ्‌ने र मानहानि, मङ्सिरमा काम बन्ने र सुख, पुसमा लाभवृद्धि र सुख, माघमा पीडा र धननाश, फागुनमा स्थान परिवर्तन र चैतमा हानिनोक्सानी बढ्नेछ। यो वर्ष पशुपालन र कृषि क्षेत्रमा लागेका व्यक्तिले राम्रो नाफा कमाउनेछन्। सामाजिक काममा विवाद खप्नु परे पनि नोकरीमा मानसम्मान मिल्नेछ।

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिको लागि वि. सं २०८१ साल सामान्य फलदायी वर्ष रहेको छ। पठनपाठनमा सफलता मिल्नेछ । भूमिवाहनको सुख प्राप्त हुनेछ। नोकरीमा थुप्रै अपजस खप्नु परे पनि मान बढ्ने र जिम्मेबारी बदलिनेछ। दाम्पत्य जीवनमा थोरै सङ्‌कट देखा पर्नेछ। यो वर्ष बृहस्पति, शनि, राहु र केतु ग्रह अशुभ फलदायी रहेका छन् । डरत्रासको अवस्था, स्वास्थ्यमा बाधा, हानिनोक्सानी बढ्ने, कष्ट बढ़ने र नसोचिएका अशुभ घटनाहरूको समेत सामना गर्नुपर्ने भएकाले शुभ फल प्राप्तिका लागि उक्त ग्रहहरूको शान्तिकर्महरू गर्नुपर्ने देखिन्छ ।अन्यथा झुट्टा आरोप लाग्ने, बन्धनमा पर्ने, धनको नाश हुनेसमेत फल भोग्नु पर्नेछ । वैशाखमा हानीनोक्सानी बढ्‌ने, जेठमा धनलाभ र सुख हुने, असारमा मानहानि र स्वास्थ्यसम्बन्धी समस्या हुने, साउनमा आर्थिक स‌ङ्कट र ऋणवृद्धि, भदौमा शत्रुनाश र लाभ, असोजमा धननाश र यात्रा, कात्तिकमा रोगवृद्धि, म‌ङ्सिरमा भापकर्ममा मनज़ानाले मान घट्ने, पुसमा काम बन्ने र सुख वृद्धि, माधमा धनलाभ हुने, फागुनमा खर्चवृद्धि, पीडा र चैतमा स्थान परिवर्तन हुनेछ।

Previous Post

यी स्थानमा हुने वर्षा हावाहुरीको सम्भावना

Next Post

आज सुन ३ हजार रुपैंयाले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आज सुन ३ हजार रुपैंयाले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.