HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बालबालीकामा हुने बाथ रोगका लक्षणहरु, बाथ रोगका बिरामीहरुले बिशेष ध्यान दिनुपर्ने कुराहरु;

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बाथ यस्तो रोग हो जसले भर्खर जन्मेको शिशु देखि बृद्धा अवस्थाका व्यक्तिहरुलाई प्रभाव पार्न सक्छ । बाथ रोगले शरीरको भित्री जुनसुकै अंगलाई पनि असर गर्न सक्छ । यो शरीरको छाला, जोर्नी मासु, कम्मर, आँखा, मांशापेशी लगायत अन्य अंगबाट सुरु हुन्छ ।

बिशेषत हाम्रो समाजमा बाथ रोगलाई जोर्नीको दुखाई मात्र भनेर बुझिएको छ । बाथ रोग जोर्नीको दुखाई मात्र नभएर शरीरको जुनसुकै अंगलाई असर गर्ने रोग हो । नेपालको सन्दर्भमा गठिया बाथ प्रायः व्यक्तिमा हुने गर्छ जो जोर्नीको दुखाईबाट सुरु हुन्छ । १६ बर्ष मुनिका बालबालीकालाई जुबिनाइल आइडियोप्याथीक आर्थराइटिस (जेआईए) हुने गर्दछ । जेआईएको पनि धेरै प्रकारहरु छन् । यसले ३ वा ४ ओटा हड्डिलाई असर गर्न सक्छ । कुनैले एकैचोटि ६ ओटा भन्दा बढिलाई असर गर्न सक्छ । कुनैले पछाडिको भागलाई मात्र असर गर्न सक्छ । अन्य व्यक्तिलाई बाथ रोगले जसरी असर गर्छ बालबालिकालाई पनि त्यसरी नै असर गर्ने गर्दछ ।

बाथ रोग लागेको आमाले जन्माएको नवजात शिशुको अनुहारमा रातो दाग देखिएमा त्यसलाई आमाको एन्टिबडिले शिशुमा एट्याक गरेको भनेर बुझिन्छ । यो पछि आफै निको हुन सक्छ । आमा बाथ रोगबाट ग्रसित छिन् भने बालबालिकाहरुमा सानै उमेरबाट नै हार्ट फेल हुने, हार्ट ब्लक हुने जस्ता समस्या आउँन सक्छ । बालबालीकाहरु आफ्नो समस्याहरु बताउन नसक्ने अवस्थामा अभिभाबकले उनिहरुको रेखदेखमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।

बाथ रोगका लक्षणहरु

शरीरको कुनैपनि भाग सुन्निने, दुख्ने र कहिलेकाहि रातो पनि हुने गर्दछ ।
शरिर बिहान र साझँ धेरै कक्रक पर्ने घाम लागेसँगै समस्या कम हुदैँ जान्छ ।
सुरुमा आँखा रातो हुन्छ । आँखा रातो हुदाँ अभिभावकले ध्यान नदिए दृष्टिबिहिन गराउँन सक्छ ।
छालामा चाया कत्ला वा डाबर आउँने ।
कुनै बाथमा ज्वरो आइरहन्छ ।
कुनै बालबालिकामा सुरुवाती चरणमा डायरीया हुन्छ । डायरीया भएको दुई हप्ता पश्चात जोर्नी दुखेर पनि बाथ सुरु हुन्छ ।
बाथ रोग बंशानुगत कारणले पनि हुने गर्दछ । बुबाआमामा कुप्रिने बाथको समस्या भएमा छोराछोरीमा पनि हुनसक्छ । यो एक सय बालबालिका मध्ये ७ जनालाई हुन सक्छ । यो ७ प्रतिशतका कारण कुप्रिने बाथ रोग लागेको व्यक्तिको छोराछोरीमा यो दर बढि १२ प्रतिशत हुने गर्दछ । शरीरको बनावट तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बाथको जोखिम उच्च रहन्छ । साथै वातावरण प्रदुषणले पनि बाथ रोग निम्त्याउँन सक्छ ।

चिसोमा रगतको नलीहरु साघुरो हुने गर्दछ । रक्तनली साघुरो भएपछि रगत सञ्चालन कम हुन्छ र हातका औँलाहरु रातो, निलो, सेतो भई तत्काल भित्री अंग फोक्सोलाई असर पार्छ ।

धेरैजसो मानिसहरु माझ रक्त नलिको बुझाई गलत रहेको पाइन्छ । सामान्यतय रगतको नलीलाई रक्त नलि भनिन्छ । नशाको दुखाईको समस्या सामान्य नभई बाथ रोग हो । बाथरोगले स्नायुलाई पनि असर गरेको हुन्छ । जसका कारण कलीलो उमेरमा बालबालीकालाई मस्तिष्कघात, प्यारालाइसिस गराइदिनसक्छ ।

बाथ रोग उपचारका लागी आफ्नै प्रकारका औषधिहरु उपलब्ध छन् । धेरेजसो व्यक्तिहरुलाई बाथ रोग लागेपछि उपचार गराउनुपर्छ वा अस्पताल जानुपर्छ भन्ने जनचेतनाको कमी भएका कारण धेरै जसो बिरामीहरु उपचारबाट बञ्चित छन् । भने बाथ रोगबारे जानकारी भएका केहि बिरामीहरु बाटोमा बेचेको धुलोहरु खाएर रोगलाई अझै भयाबह बनाइरहेका छन् ।

बाथरोगको छुट्टै उपचार पद्धती छन् । कुनै व्यक्तिलाई बाथ रोगको शंका लाग्ने बित्तिकै बाथ रोग बिशेषज्ञ कहाँ गएर परिक्षण गराउनु अति आवश्यक छ । बाथ रोग लागेको छोटो समयमा नै पत्ता लगाएर उपचार गराएमा छोटो समयमा नै निको हुन्छ । रोग लागेको लामो समयसम्म उपचार गराएन भने औषधी पनि लामो समय सम्मै खानुपर्ने हुन्छ ।

बाथ रोगका बिरामीहरुले बिशेष ध्यान दिनुपर्ने कुराहरु

बाथ रोगका बिरामीहरुले शारीरिक व्यायममा बिशेष ध्यान दिनुपर्छ । सामान्य मानिसले गर्ने शारीरिक व्यायम सँगै कुन जोर्नीको दुखाई हो त्यसलाई सिधा बनाउने खालका बिशेष व्यायमहरु गर्नुपर्ने हुन्छ । यदि व्यायम गरेन भने टेडोपना बांगोपना बढ्दै जान्छ । जोर्नीहरु दुखेको समयमा व्यायम गर्नुहुदैँन । जोर्नीलाई राम्रो बनाए पश्चात व्यायम गर्नुपर्छ ।

बाथ रोगको बिरामीलाई खानपान बार्नुपर्दैन तर चिसोबाट बच्नुपर्ने हुन्छ। बाथ रोगको औषधि सेवन गर्दा चिकित्सकको सल्लाह अनुसार समयमा नै खानुपर्छ । नचिनेको औषधिहरुको प्रयोग गर्नुहुदैँन । साथै लामो समयसम्म औषधि खानुपर्छ भनेर बिचमा छोड्नुहुदैँन । यसरी औषधि खान बिचमा छोडेमा मृत्युदर बढाउनका साथै अपागं हुने संम्भावना धेरै हन्छ ।

सामान्य खालको बाथ रोग लागेमा ३ महिना औषधि खाएपछि कम हुनसक्छ । भने कडा खालको बाथ रोग लागेमा लामो समयसम्म कडा र महंगो औषधि खानुपर्ने पनि हुन् सक्छ

Previous Post

घाँटीमा माछाको काँडा अड्कियो भने के गर्ने ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख १ गते शनिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख १ गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.