HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घाँटीमा माछाको काँडा अड्कियो भने के गर्ने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ।माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ।

घाँटीमा श्वास नली र खाने नली हुन्छन्। धेरैजसो चिजहरू खाने नलीमै अड्किन्छ। त्यस्तो अवस्थामा थुक पनि निल्न नसक्ने अवस्थामा बिरामी आइपुग्छन्। स्वास्थ्य परीक्षण गरेपछि त्यहीँ अनुसारको उपचार हामी गर्छौं।

हड्डी अड्किँदा केरा, लालिगुँरास खायो भने जान्छ भन्ने आम बुझाई छ। यो बुझाई गाँउमा अझै धेरै छ। तर यो सरासर त्यो गलत हो। घाँटीमा हड्डी अड्किएपछि अस्पताल आउन जरूरी छ।

अस्पताल आएपछि यस्ता बिरामीको एक्सरे गरेर हेर्छौं। कतिपय अवस्थामा इन्डोस्कोपी पनि गर्छौं। धेरैजसो समस्या एक्सरेबाटै पत्ता लाग्छ। समस्या पत्ता लगाएपछि बेहोस पारेर उपचार गरिन्छ। तर कुनै किसिमको चिरफार गर्नुपर्दैन। घाँटीबाट पाइप राखेर हड्डी निकाल्छौं।

समयमा आयो भने सजिलै निकाल्न सकिन्छ। तर घरेलु विधि अपनाउने खतरा मोल्नु हुँदैन। धेरै दिन भयो भने संक्रमण भएर झन समस्या थपिन्छ। त्यसैले अस्पताल आउन जरूरी छ।

श्वासनलीमा अड्कियो भने मात्रै तुरून्तै अस्पताल आउनुपर्ने हो। खाने नलीमा अड्किएको छ भने त्यस्तो हतार गर्नुपर्दैन। तर जतीसक्दो चाडो अस्पताल भने पुग्नुपर्छ।

धेरैजसो खानेकुरा खाने नलीमै अड्किन्छ। कतिपय बिरामी ६-७ दिनमा आउँछन्। जसले गर्दा संक्रमण हुने खतरा हुन्छ। केही अड्किएको थाहा पाएपछि अस्पताल आउन जरूरी छ।

विशेष गरेर बच्चाको श्वास नलीमा खानेकुरा अड्किन्छ। युवा र बृद्धमा खानेकुरा खाद् नलीमा अड्किन्छ। घाँटीमा केही अड्किनासाथ नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ।

बच्चाले खानेकुरा भन्दा पनि सिक्का अड्काउँछन्। सबैभन्दा खतरनाक ब्याट्री हो। ब्याट्री हामीले जति सामान्य देख्छौं त्यो भन्दा धेरै गुणा खतरनाक छ। अहिले सिक्का कम प्रयोग हुने भएकाले अड्किने क्रम पनि घट्दै गएको छ। ब्याट्रीमा रहेको केमिकलले भित्रका अंगलाई नै हानी गर्छ। त्यसैले यस्तो बेला अझै गम्भीर बन्नुपर्छ।

माछाको काँडा अड्किने समस्या पनि धेरै हुन्छ। काँडा अड्किएपछि घरेलु कारणले निस्किँदैन। अर्को, एक्सरे गर्छन् तर देखिएन भन्छन्। माछाको काडा यति सानो हुन्छ कि, देखिँदैन। तर माछाको काडा निकाल्न सरल हुन्छ। त्यो एक मिनेटमै गर्न सकिन्छ। कहिलेकाहीँ मात्रै समय लाग्छ।

माछाको काडा अड्कियो भने केरा खाए हुन्छ भन्छन् तर यो एकदमै गलत हो। यस्तो गर्नै हुँदैन। चिकित्सकका लागि यो ठूलो समस्या होइन। त्यसैले चाँडो भन्दा चाँडो स्वास्थ्य संस्थामा जानुपर्छ। चपाएर खाने हतार नगरी खाएमा हड्डी अड्किने समस्या धेरै कम हुन्छ।

Previous Post

कागती पानीको सेवनले हुन्छ यस्ता अनेकौं फाइदा ,आउनुस जानौं,

Next Post

बालबालीकामा हुने बाथ रोगका लक्षणहरु, बाथ रोगका बिरामीहरुले बिशेष ध्यान दिनुपर्ने कुराहरु;

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बालबालीकामा हुने बाथ रोगका लक्षणहरु, बाथ रोगका बिरामीहरुले बिशेष ध्यान दिनुपर्ने कुराहरु;

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.