HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सोमबार भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 

चैत २६ गते (एप्रिल ८) सोमवारमा औँसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन्। यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने छ। नेपाल र एशियाबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण देखिने छैन।

सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ। त्यस बेला उषाकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ।

सन् २०२४ को खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा सुरु हुने छ। कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समयानुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देख्ने छन्। त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रतिघण्टा २,५०० किलोमिटरको गतिमा पर्ने छ। त्यसले स्थानीय समयानुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्ने छ र म्याक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सीमा स्थानीय समयानुसार १ बजेर २७ मिनेट जाँदा पार गर्ने छ।

खग्रास सूर्यग्रहण कैयौँ खगोलीय अवस्थामध्येको एक हो। साइन्स कम्युनिकेशन सेन्टर अफ दि अटोनोमस यूनिभर्सिटी अफ चिलेका खगोलविद् ह्वाँ कार्लोस बीयामिनले आफ्नो नयाँ पुस्तक ‘इलस्ट्रेटिड अस्ट्रोनमी” मा लेखेका छन्, “सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् – चन्द्रग्रहण र सूर्यग्रहण।” उनका अनुसार दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुन्छ।

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिलेकाहीँ सूर्य र पृथ्वीको बीचमा पुग्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ। र त्यसको छाया पृथ्वीमा पर्छ। त्यसो हुँदा सूर्यग्रहण हुन्छ। सूर्यग्रहणका तीनवटा प्रकार हुन्छन्। चन्द्रमाले सूर्यलाई कति र कसरी छेक्छ त्यसले गर्दा फरकफरक किसिमका ग्रहण बन्छन्।

Previous Post

ह्वाट्सएपबाट फोटो तथा भिडियोहरु आफैं डाउनलोड हुन नदिन कसरी रोक्ने ?

Next Post

घोडेजात्राको अवसरमा भोलि सार्वजनिक बिदा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

घोडेजात्राको अवसरमा भोलि सार्वजनिक बिदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.